मन्दिर निर्माणका लागि व्यक्तिगत सहयोग

मैनाली र खड्काले हस्तान्तरण गरे नगद
लोकखबर
२७ चैत्र २०८१, बिहीबार १९:३७

विदुर–नुवाकोटको चापाबोटस्थित कालिका मन्दिर निर्माणको लागि आर्थिक सहयोग पप्त भएको छ । लिखु गाउंपालिका ५ चापाबोटमा रहेको कालिका मन्दिर निर्माणको लागि वागमति प्रदेशका पुर्वमन्त्रि र युवा सामाजिक अगुवाले नगद सहयोग गरेका हुन् ।
मन्दिर निर्माणको लागि आर्थिकश्रोत जुटाउनका लागि स्थानीय समुदायबाट आयोजित श्रीमद्भागवत ज्ञान सप्ताह महायज्ञमा पुगेर कालिका मन्दिर निर्माणको लागि व्यक्तिगत रुपमा नेकपा (एमाले ) जिल्ला कमिटी अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्री बद्री मैनाली र एमाले नुवाकोट क्षेत्र नं. १ का अध्यक्ष .शुसीलकुमार खड्काले नगद हस्तान्तरण गरेका हुन् । मैनालीले नगद २१ ह्जार र खड्काले नगद १५ हजार रुपैया नगद हस्तान्तरण गरेका हुन् ।
नगद हस्तान्तरण गर्दै पुर्वमन्त्रि मैनालीले मन्दिर निर्माणको आगामी बजेटमा तीन वटै तहका सरकारहरुसँग समन्वय गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसका साथै लागि ब्यक्तिगत र सामूहिक रुपमा सक्दो सहयोग गर्नका लागि सर्वसाधारणलाई आग्रहसमेत गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*