बोहरा नयां चलचित्रको तयारीमा

चमेलीको पोइमा कलाकार थपिदै
लोकखबर
२७ चैत्र २०८१, बिहीबार १९:३९

विदुर–चर्चित निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा नयाँ चलचित्र ‘चमेलीको पोइ’ को तयारी अन्तिम चरणमा पुगेको छ । यसको छायांकनको मिति नै तोकेर आवस्यक तयारी भइरहेको छ ।
यसमा मुख्य कलाकारका रूपमा मुकुन भुसाल र सुरक्षा पन्त अनुबन्धित भएका छन् । साथै, ५० को दशकका चर्चित हाँस्य कलाकार नारायण त्रिपाठी (प्रेम चरो) ले पनि यसवाटै लामो समयपछि ठूलो पर्दामा कमब्याक गर्दैछन् ।
यद्यपि, यस चलचित्रमा त्रिपाठीको भूमिका भने गोप्य नै राखिएको छ । बोहराको यस चलचित्रको छायांकन नयाँ वर्ष २०८२ संगै सुरु गरिने घोषणा गरेका छन् ।
नयांवर्षको पहिलो दिन शुभ मुहूर्तसँगै छायांकन सुरु गरिने तय भएको छ । पारिवारिक कथामा वन्ने यस चलचित्रमा बिल्सनबिक्रम राई (तक्मे बुढो), रविन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई (फुलन्देकी आमा), बबिन राई (गल्फने), खड्गबहादुर पुन (खबपु), अनुश्का नारायण, मिरा गौतम, अनील गुरुङ, गणेश गौतम, रितु मल्लठकुरी, धनलक्ष्मी बोहरा, मिरा आरएल शाहीठकुरी, प्रकाश कँडेल, बिनोद बज्राचार्य, कपिल आचार्य, प्रदीपकुमार सापकोटा, सुनीता सापकोटा, रामनारायण उपाध्यायलगायत कलाकारहरुको अभिनय रहने निर्देशक बोहराले वताए ।
यस चलचित्र धनलक्ष्मी सिने मेकर्सको सहनिर्माणमा एभरेष्ट सूर्य बोहरा फिल्म्सले निर्माण गर्दैछ । निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय, कार्यकारी निर्मातामा उदयबिक्रम राणा र रितु मल्लठकुरी रहेका छन् ।
सहनिर्मातामा प्रदीपकुमार सापकोटा, कपिल आचार्य, यमप्रसाद ओली, यम बराल, नारायण त्रिपाठी र सुदीप कुँवर रहेका छन् । चलचित्रको कथा निर्देशक स्वम बोहराले नै लेखेका हुन् ।
यसको सहलेखनमा शिवम अधिकारीले सघाएका छन् । शम्भुजीत बाँसकोटा, राजनराज शिवाकोटी र आशिष अविरलको संगीत रहने यस चलचित्र काठमाडौं, पोखरा र मुस्ताङमा छायांकन तय भएकोे छ ।
पारिवारिक कथानक ‘चमेलीको पोइ’ को गीतमा शम्भुजीत बाँसकोटा, राजनराज शिवाकोटी र आशिष अबिरलको संगीत छ । फिल्मको लोकेशन काठमाडौ, पोखरा र मुस्ताङमा हुनेछ ।
यसअघि ‘कान्छा’, ‘अग्निपरीक्षा’, ‘मुटु’, ‘ठूली’, ‘भैरे’, ‘श्री’ र ‘हेल्लो जिन्दगी’ जस्ता चर्चित र सफल चलचित्र निर्देशन गरिसकेका अनुभवी खारिएका निर्देशक बोहराको नयाँ प्रोजेक्ट ‘चमेलीको पोइ’ लाई दर्शकले कत्तिको रुचाउनेछन् भन्ने आमप्रतिक्षाको विषय वनेको छ । यस समवन्धमा निर्देशक एभरेष्ट सुर्य बोहराले यसमा पक्कै नै दर्शकले खोजे अनुसारको वस्तु र मनारेनजन पाउने वताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*