गाउंका किसानलाई मौरीपालन प्रशिक्षण

सिपमुलक कार्यमा जोड
लोकखबर
१ बैशाख २०८२, सोमबार १९:४८

विदुर–आयआर्जन र सिपमुलक कार्यमा जोड दिदै नुवाकोटको तारुकामा किसानहरुलाई मौरीपालन प्रशिक्षण दिइएको छ । तारकेश्वर गाउँपालिका २ मा साना किसान महिला कृषि सहकारीको आयोजनामा ३ दिने आधारभूत मौरीपालन तालिम सोमवार सम्पन्न भएको हो ।
तालिमको तारकेश्वर ३ का वडाध्यक्ष सुर्यमान श्रेष्ठले समापन गरे । सहभागीहरुलाई प्रमापत्र प्रदान गर्दै उनले सिप सिकेर व्यवहारमा उतार्न आग्रह गरे ।
आधारभूत मौरीपालन तालिममा स्थानीय २५ जना किसान सहभागि थिए । सहभागीहरुलाई नेपाल मौरीपालक महासंघ नुवाकोटका तथा आधुनिक मौरी फार्म तथा घार उद्योगका सन्चालक भीमप्रसाद अधिकारीले व्यवहारिक र सैद्धान्तिक प्रशिक्षण दिएका थिए ।
अधिकारीले परम्परागत रुपमा पालिएको मौरी पालनबाट भन्दा आधुनिक तरिकाले मौरी पालन गर्दा धेरै लाभ उठाउन सकिने र नुवाकोटमा आधुनिक मौरीपालन सुरवात गर्न यस तालिमले सहयोग गरेको वताए । तारकेश्वर वातावरणीय रुपमा मौरीपालन ब्यवसाय गर्न योग्य स्थान भएकोले सहभागीहरुलाई ब्यबसाय गर्न र यसको लागि लागि आवश्यक प्राविधिक सहयोगको लागि आफु तयार रहेको वताए ।
कार्यक्रममा सहभागिहरुको तर्फबाट सीता न्यौपानेले पहिले घरमा दराजमा मौरी आएर बसेकोमा बर्षमा २÷३ पटक मह काढेर बार्षिक ५÷७ माना निकालेको अनुभव सुनाउंदै अहिले महको माग प्रसस्तै भएकोले मौरीपालन तालिम लिएको वताइन् । वडाध्यक्ष सुर्यमान श्रेष्ठले तारकेश्वर गापा र वडा कार्यालय सदैव किसानको हितमा काम गर्ने र मौरीपालन ब्यबसाय सन्चालन गर्ने किसानलाई आबस्यक सहयोग गर्न तयार रहेकोले ढुक्क भएर ब्यबसाय गर्न आग्रह गरे ।
कार्यक्रममा सहकारीका अध्यक्ष कोपिला भट्टले आफुले अन्य ठाउका सदस्यहरुले मौरी पालेर मनग्य आम्दानी गरेको देखेर स्थानीय ठाउमा पनि ब्यबसाय गरेर आम्दानी लिन सकिने हुनाले ब्यबसाय गर्न सहयाृग गर्ने र उत्पादन खरिदमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । यसअघि, सो तालिमको तारकेश्वर २ का वडाध्यक्ष शिवप्रसाद पनेरुले उद्घाटन गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*