बिदुरले उचाल्यो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि

उपविजेता लिखु, म्यागङ भयो तेश्रो
लोकखबर
१ बैशाख २०८२, सोमबार १९:५३

विदुर–१४ औं राष्ट्रपति रनिङशिल्ड नुवाकोट जिल्लास्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । नुवाकोटको पन्चकन्यामा सोमवार सम्पन्न प्रतियोगितामा सर्वाधिक पदक जितेर बिदुर नगरपालिका उपाधि विजेता भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजना र पन्चकन्या गाउंपालिकाको व्यवस्थापनमा शुक्रवारदेखि सो प्रतियोगिता सन्चालन भएको थियो । पन्चकन्या गापाको पर्यटकिय घ्याङस्वारामा सन्चालन भएको सो प्रतियोगितामा उपाधि विजेता विदुरले १७ स्वर्ण, पांच रजत र १६ कास्य पदक जितेको हो ।
उपविजेता लिखु गाउंपालिकाले १६ स्वर्ण, १२ रजत र सात कास्य पदक जितेको छ । तेश्रो भएको म्यागङ गापाले १० स्वर्ण, आठ रजत र चार कास्य पदक जितेको छ ।
उपविजेता लिखुले गतवर्ष अर्थात् १३ र १२ औं राष्ट्रपति रनिङशिल्ड नुवाकोट जिल्लास्तरिय खेलकुद प्रतियोगितामा लगातार उपाधि जितेको थियो । यस संस्करणमा लिखुले विदुरसंग एक स्वर्ण पदकले उपविजेतामा चित्त वुझाएको हो ।
लिखुले यस पटक पनि उपाधि जितेको भए लगातार तीन पटक विजेता भई राष्ट्रपति रनिङशिल्ड कव्जा गर्न पाउथ्यो । एक स्वर्ण पदक वढि जितेर यस पटक विदुरले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
विजेता तथा उपविजेताहरुलाई कार्यक्रमकावीच पुर्वमन्त्रि तथा प्रतिनिधि सभा सदस्य हितवहादुर तामाङले पुरस्कृत गरे । उनले खेल क्षेत्रको विकास र विस्तारका लागि तीनै तहको सरकारको सक्रियता आवस्यक रहेको वताए ।
प्रतियोगितामा नुवाकोटका स्थानीय तहका पांचसय ५० जना खेलाडिहरुको सहभागिता रहेको आयोजक ं जिल्ला खेलकुद विकास समितिले जनाएको छ । चार दिनसम्म सन्चालन भएकोे प्रतियोगितामा मार्शल आर्टसका तेक्वान्दो, कराते र उसुका साथै भलिवल, एथ्लेटिक्स र कवड्डि खेल प्रतियोगिता सम्पन्न गरिएको समितिका अध्यक्ष बिजय गुरुङले जानकारी दिए ।
प्रतियोगितामा एकसय १४ स्वर्ण, एकसय १४ रजत र एकसय ५० कास्य पदकका लागि स्थानीय तहका खेलाडिहरुले प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा नुवाकोटका विदुर नगरपालिका, घरेलु टोली पन्चकन्या गाउंपालिका, सुर्यगढी, तादी, दुप्चेश्वर, शिवपुरी, किस्पाङ, म्यागङ, र लिखु गापाले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
प्रतियोगिता समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, पन्चकन्या गापाका अध्यक्ष तेजबहादुर तामाङ ’रमेश’, उपाध्यक्ष विमला केसीलगायतले खेल र खेलाडिहरुको पहिचान तथा स्तर विकासका लागि तीनै तहको सरकारले प्राथमिकता दिएर सक्रियता वढाउनु पर्ने वताए ।
उनीहरुले शान्त, सभ्य र चिसो वातावरणमा आयोजित प्रतियोगिताले खेलाडिहरु निकै उत्साहित भएको वताए । साथै खेलाडि पहिचानका लागि विशेष योजना आवस्यक रहेको वताए ।
खेल पर्यटनमा जोड दिदै पर्यटकिय पन्चकन्याको घ्याङस्वाराको खेल मैदानमा सम्पन्न १४ औँ राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरिय प्रतियोगितामा एथ्लेटिक्स, भलिवललगायत विभिन्न खेलका प्रतियोगिता सम्पन्न गरिएका हुन् । प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*