वागमति प्रदेशस्तरिय भलिवल प्रतियोगिता सुरु

विदुर–खेल पर्यटनमा जोड दिदै नुवाकोटको दुप्चेश्वरमा छैटौं दुप्चेश्वर कप बागमती प्रदेश अन्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । यसका साथै एकैदिन नुवाकोट जिल्ला अन्तरगाउँपालिका स्तरिय महिला भलिवल प्रतियोगितासमेत सन्चालन भएको छ ।
दुप्चेश्वर गाउंपालिकाको आयोजनामा सन्चालित सो प्रतियोगिताको पुर्वमन्त्रि तथा प्रतिनिधि सभा सदस्य हितवहादुर तामाङले उद्घाटन गरे । उनले यस प्रतियोगितावाट खेल पर्यटन तथा खेलाडिहरुको पहिचानमा मद्धत पुगने वताए ।
भलिवल खेलको विकास तथा खेलाडि पहिचानका लागि सो भलिबल प्रतियोगिता सन्चालन गरिएको हो । कल्याण माविको खेल मैदानमा सन्चालित सो प्रतियोगितामा वागमति प्रदेशका आठ पालिकाको सहभागिता रहेको छ ।
विजेताले एकलाख ११ हजार एकसय ११, उपविजेताले ५५ हजार पांचसय ५५, तृतीय हुनेले ३३ हजार तीनसय ३३ र सान्त्वना हुनेले १५ हजार ५ सय ५५ रुपैया राशीको पुरस्कार हात पार्नेछन् । जिल्लास्तरिय महिला भलिवलतर्फ विजेताले ५५ हजार, उपविजेताले ३३ हजार तीनसय ३३, तृतीय हुनेले १५ हजार पांचसय ५५ र सान्त्वना हुनेले सात हजार सात सय ७७ रुपैया राशीको पुरस्कार हात पार्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा आयोजक दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापा, तादी गापाका अध्यक्ष शन्तमान तामाङ, पन्चकन्या गापाका अध्यक्ष तेजवहादुर तामाङ रमेश, तारकेश्वर गापाका उपाध्यक्ष हरिप्रसाद रिमाल, नेकपा एमाले क्षेत्र नं. १ का अध्यक्ष सुशीलकुमार खड्कालगायतले मानिसलाई खेल जीवनले सत्मार्गमा लैजाने भएको हुंदा यसको महत्व रहेको वताए । प्रतियोगितावाट खेल पर्यटनमा वढोत्तरी हुने अपेक्षासमेत गरिएको छ ।