दुप्चेश्वरमा एकैदिन तीन लाख वढि भेटी संकलन

विदुर–यातायातको सहजतासंगै नुवाकोटको रामतीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा दैनिक रुपमा भक्तजनहरु वढ्ने क्रम रहेको छ । पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायतको सहजतासंगै भक्तजनहरु आउने क्रम वढिरहेको छ ।
दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा सोमवार मात्र एकैदिन तीन लाख रुपैया भन्दा वढि भेटि संकलन भएको छ । भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।
दुप्चेश्वरमा सोमबार तीनलाख पांचहजार तीनसय ४५ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमा सन्ध्या आरतीको एकलाख २९ हजार सातसय ५५रुपैया संकलन भएको छ ।
दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे गणना गर्ने कार्य भइरहेको छ । श्रेष्ठका अनुसार पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय क्रियाशील रहेको बताए ।
यातायात र वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थामको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा नयाँ वर्षको एकै दिनमा तीन लाख भन्दा बढी भेटी सङ्कलन भएको हो ।
दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार २०८२ सालको नयां वर्षको दिन सोमबार मात्र मन्दिरमा श्रद्धालुहरूले चढाएको गरेको भेटी रकम तीन लाख पाँच हजार तीन सय ४५ रुपैयाँ संकलन भएको हो । मन्दिरमा सोही दिन सन्ध्या आरतीमार्फत . १ लाख २९ हजार ७ सय ५५ क्युआर कोडमार्फत १५ हजार रुपैया भेटी संकलन भएको हो ।
मन्दिरमा बैशाख २ गते मंगलबार २७ हजार पाँच सय ६० रुपैयाँ भेटी संकलन भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ ।