दुग्ध उत्पादक किसानलाई अनुदान

विदुर–नुवाकोटको विदुर नगरपालिकामा दुग्ध उत्पादक किसानहरुलाई अनुदान प्राप्त भएको छ । नियमित रुपमा दुध उत्पादन गरिरहेका किसानहरुलाई स्थानीय तहमार्फत दुध उत्पादक किसान प्रवद्र्धन कार्यक्रमअन्र्तगत अनुदान रकम वितरण कार्य सुरु गरिएको हो ।
वागमति प्रदेश सरकारले उपलव्ध गराएको सो कार्यक्रमअन्तर्गतको दुधको अनुदान रकम बिदुर नगरपालिकाले वितरण गर्न सुरु गरेको हो । ग्रामीण किसानहरुलाई दुध उत्पादनमा प्रोत्साहन गराउने उद्धेश्यले अनुदान वापको रकम वितरण सुरु गरेको हो ।
विदुर नगरपालिकाले स्थानीय कृषकहरूलाई दुध उत्पादनमा प्रोत्साहन गराउने उद्देश्यले प्रोत्साहन रकम हस्तान्तरण गर्न सुरु गरेको हो । ‘किसानलाई दुधमा प्रोत्साहन कार्यक्रम’ अन्तर्गत दैनिक कम्तिमा १० लिटर भन्दा माथि परिमाणको दूध नजिकको डेरीमा बिक्री गर्ने कृषकहरूलाई प्रति लिटर ३ रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन रकम हस्तान्तरण गर्न सुरु गरेको हो ।
विदुर नपाले यस कार्यक्रमको औपचारिक सुरुवात मंगलबारदेखि गरेको छ । विदुर नपा–५ स्थित पिपलटारमा रहेको भट्ट डेरी सप्लायर्समा नियमित दुध विक्रि गरिरहेका दुध विक्रेता कृषकहरूलाई पहिलो् चरणको अनुदान रकम हस्तान्तरण गरिएको हो ।
विदुर नपाका मेयर राजन श्रेष्ठले दुध डेरीमै पुगेर अनुदान वापत प्राप्त रकम किसानलाई हस्तान्तरण गरे । उनले विदुर नपाले किसानलाई प्रोत्साहन गर्न सुरु गरेको उल्लेख गर्दै किसान संरक्षणका अन्य कार्यक्रमसमेत सन्चालन गरिरहेको वताए ।
अनुदानबाट दुग्ध व्यवसायमा संलग्न कृषकहरूको मनोबल उच्च भएकोे र उत्पादनमा थप सुधार हुने उपमेयर प्रभा वोगटीले बताइन् । किसानहरुलाई गत पुस र माघ महिनामा संकलित दुधको तथ्याङ्कका आधारमा अनुदान रकम वितरण गरिएको हो ।
अनुदान रकम हस्तान्तरण कार्यक्रममा विदुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, विदुर ४ का वडाध्यक्ष निलमबाबु ढुंगेललगायतले किसानको हितमा तीनै तहको सरकारले विभिन्न कार्यक्रमहरु सन्चालन गरिरहेको र यसलाई नियमित गरिने वताए । सोही क्रममा विदुर नपाका जनप्रतिनिधि तथा कर्मचारीले स्थानीय सरोकारवाला र लाभग्राही कृषकहरूसँग दुध उत्पादन, बजार व्यवस्थापन र वर्तमान समस्याहरूका विषयमा अन्र्तक्रियासमेत गरेका थिए ।
’उत्पादन दूधमा प्रोत्साहन कार्यक्रम’ अन्र्तगत विदुर नपामार्फत पहिलो चरणमा दुई महिनाको अबधि (पुस–माघ) मा लिइएको तथ्याङ्कको आधारमा दैनिक कम्तिमा १० लिटर दूध डेरीमा बिक्रि वितरण गरिरहेका १८ किसानलाई प्रदान गर्न सुरु गरिएको हो । किसानले पहिलो चरणमा एकै दिन एकै जनाले दुई हजार ६५ देखि १४ हजार सातसय रुपैयासम्म दुधको अनुदान लिएका छन् ।
विदुर नपा ५ पिपलटारमा मात्र दुई सय जना दुग्ध उत्पादक किसान रहेका छन् । विदुर नपामा रहेका विभिन्न नौ वटा डेरीमा आवद्ध किसानहरुले यस वर्ष दुधको अनुदान रकम पाउने भएका छन् ।