किसानलाई कृषि औजार प्रदान

विदुर–आधुनिक खेति प्रणाली अवलम्वन गर्न जोड दिदै नुवाकोटको विदुर नगरपालिकाले किसानहरुलाई आधुनिक उपकरण वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा कृषकहरुलाई कृषि औजार हस्तानतरण गरिएको हो ।
विदुर नपामा ’मकै बाली प्रबद्र्वन कार्यक्रम’ अन्र्तगत किसानलाई आधुनिक खेति प्रणालीमा आकर्षित गर्ने उद्धेश्यले विदुर नपाले किसानलाई मकै छोडाउने उपकरण, मकैमा रोग लाग्न नदिनको लागी विषादी प्रयोग गर्न स्प्रे (पम्प), आवश्यक विषादीहरु प्रदान गरेको छ । उपकरणहरु हस्तान्तरण गर्दै मेयर राजन श्रेष्ठले कृषि औजार तथा विषादी वितरण गर्दै आधुनिक खेति अवलम्वन गर्न र उतपादनमा वढोत्तरी गर्न किसानहरुलाई आग्रह गरे ।
किसानलाई उपकरण हस्तान्तरण कार्यक्रममा उपमेयर प्रभा बोगटीले किसानलाई जागरुक गराउन विदुर नपाले विभिन्न प्रोत्साहन कार्यक्रम सन्चालन गरेको र यसलाई सदुपयोग गर्नु पर्ने वताइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, विदुर नपाको कृषि शाखाका कर्मचार ितथा किसानहरुको सहभागिता रहेको थियो ।
मकै बाली प्रबद्र्वन कार्यक्रम अन्तरगत यसअघि विदुर नगरपालिकाले किसानलाई उन्नत जातको मकैको बीउविजन उपलब्ध गराएको थियो । मकै खेती गर्ने किसानलाई आवश्यक निःशुल्क प्राबिधिक सहयोगसहितका कार्यक्रम सञ्चालन हुदै आइरहेको विदुर नपाले जनाएको छ ।