‘संघीयता कार्यान्वयनमा सन्चारमाध्यमको भुमिका महत्वपुर्ण’

सन्चारमाध्यमको क्षमता विकासमा जोड
लोकखबर
५ बैशाख २०८२, शुक्रबार १०:१६

विदुर–देशमा संविधान र संघीयताको कार्यान्वयनमा सन्चारमाध्यमको भुमिका महत्वपुर्ण रहेको नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा जोड दिइएको छ । संघीयताको कार्यान्वयन गर्न सन्चारमाध्यम अग्रणी रहेकोसमेत ठहर गरिएको छ ।
नुवाकोटको विदुरवाट प्रकाशित भइरहेको त्रिशूली प्रवाह साप्ताहिकको २६ औं वार्षिकोत्सवका अवसरमा आयोजित स्थानीय तह र संघीयता कार्यान्वयन विषयक अन्र्तक्रियामा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुले संविधान र संघीयतामाथि षडयन्त्र हुन थालेकाले यसको सन्चारमाधयमले उचित रुपमा खवरदारी गरिरहेकोसमेत वताए । कार्यक्रममा वागमति प्रदेशका पुर्व आन्तरिक मामिलामन्त्रि केशवराज पाण्डेले अहिले यो वा त्यो वादको नाममा संविधान र संघीयतामाथि असर पर्ने खालका गतिविधि भइरहेको र त्यसलाई सवै किसिमका सन्चारमाध्यमले सचेत गराएको वताए ।
उनले देशमा स्थायी शान्तिका लागि वर्तमान संविधान र संघीयताको पुर्ण कार्यान्वयन आवस्यक रहेकोसमेत वताए । पाण्डेले नयां पुस्तालाई गलत भाष्य सिर्जना गरेर गणतन्त्र विरुद्ध धावा वोल्न लगाउने शक्तिले देशलाई समस्या पार्न खोजेकाले सन्चारमाध्यमले नयां पुस्तालाई सचेतना जगाउने विषयवस्तु पस्कनु पर्नेमा जोड दिए ।
कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरल, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, त्रिशूली प्रवाह साप्ताहिकका संस्थापक सम्पादक/प्रकाशक रामचन्द्र भट्ट, विदुर नपाकी उपमेयर प्रभा बोगटी, तारकेश्वर गापाका उपाध्यक्ष हरिप्रसाद रिमाल, पत्रकारहरु देवचन्द्र भट्ट, ज्ञानेन्द्रनाथ न्यौपाने, अनुजकुमार श्रेष्ठ, रामहरि गजुरेल, नारायण नेपाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नागरिक समाजका अध्यक्ष वद्री त्रिपाठीलगायतले देशमा परिवर्तन र गणतन्त्रको स्थापनामा सन्चारमाध्यमको महत्वपुर्ण भुमिका रहेको धारणा राखे । नुवाकोटको विदुरवाट गत २०५७ साल वैशाख १ गते विहीवारदेखि ग्रामीण पत्रकारितालाई आधार वनाएर त्रिशूली प्रवाह साप्ताहिक नियमित रुपमा प्रकाशित भइरहेको सम्पादक/प्रकाशक शरणउत्सुक सापकोटाले जानकारी दिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*