सहयात्रीको फेरिएको स्वरुप

सहकारी परिचय :
लोकखबर
२७ पुष २०७५, शुक्रबार १३:२५

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३, हात्तिसुडेमा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थाका स्थापना वि.सं.२०७१ साल बैशाख ९ गते भएको हो । स्थानीय बुुद्घ माविको चौरमा ८-१० जनाको छलफलले ७२ सदस्यीय सहकारी स्थापना भएको थियो । बाल कल्याण समाज मकवानपुरले मर्सिकोर नेपालसंगको सहकार्यमा सञ्चालन गरेको भूकम्पीय पुनर्लाभ कार्यक्रम अन्तर्गत गाउँगाउँमा वित्तिय साक्षरता कक्षा सञ्चालन गरेपछि सहकारीका सदस्य बढे भने सहकारीको पुजी तथा कारोबार बढेको छ । सुरुमा २ सय ३८ जना शेयर सदस्य रहेको सहकारीमा चार वर्षका बिचमा ६ सय २९ जना पुुगेका छन् । सहकारीमा आबद्घ हुनुपर्छ,बचत गर्नुपर्छ भन्ने सोचमा कमी भइरहेको अवस्थामा गाउँमा सञ्चालित वित्तिय साक्षरता कक्षामा सहभागी भएकाहरु सहकारीमा आबद्घ हुने, बचत गर्ने, ऋण लिने, उद्यम गर्ने कार्य भएपछि सहकारीलाई गरिएको सहयोग प्रभावकारी भएको छ ।
गाउँमा पसलहरु छन, दैनिक व्यापार पनि हुन्छ तर बचत गर्ने बानी नभइरहेको अवस्थामा दैनिक बचत, मासिक, बाल र आपतकालीन बचत गर्ने सहकारीमा हाल पेवा, आवधिक, बिमा, ऐच्छिक बचतको सुविधा छ । संस्थाले सहयोग गर्नु अघि सहकारीको कारोबार ४८ लाख रुपिया थियो भने अहिले एक करोड २६ लाख भन्दा बढीको कारोबार गरिरहेको छ । स्थापनाका बेला १ लाख ८० हजार शेयर पुजीं र ७ हजार २ सय बचत रहेकोमा अहिले शेयर पुजी २३ लाख तथा बचत ५२ लाख रुपिया पुुगेको छ । सहकारीकसंग हाल आन्तरिक पुजी करिब ८० लाख रुपिया हुनुले आफूहरुलाई मर्सिकोरबाट प्राप्त सहयोगले ठूलो सहयोग पुगेको सहकारीका अध्यक्ष सिताराम दाहाल बताउनुहुन्छ । कार्यक्रम सञ्चालन अघि सहकारीसंग बचत तथा ऋण नीति मात्र थियो भने सहकारीका सदस्यलाई विभिन्न समयमा प्रदान गरिएको सहकारी सञ्चालन, व्यवस्थापन, सुशासन, लेखा व्यवस्थापन सम्बन्धि विभिन्न तालिममा सहकारीका पदाधिकारी सहभागी भएपछि अहिले सहकारी सञ्चालनका लागि आवश्यक पर्ने नीति सहकारीले बनाएको छ । अहिले सहकारीसंग बचत नीति, ऋण नीति, सदस्यता तथा शेयर नीति, आर्थिक प्रशासन नीति, सुशासन नीति, समूह व्यवस्थापन नीति, सदस्यता राहत नीति लगायत नीति रहेका छन् ।
सहकारीले अहिले अन्य सेवा रेमिटेन्स, इबैङ्किङमार्फत विजुलीको बील भुक्तानी, डिसहोमको रिचार्ड लगायत सेवा पनि प्रदान गरिरहेको छ । रेमिटेन्स सेवा तथा बिजुलीको बील तिर्न हेटौंडा बजारसम्म जानुपर्ने बाध्यताबाट सहकारीका सदस्य तथा स्थानीयबासीले राहत पाइरहेका छन् । यि सेवा सञ्चालनका लागि आवश्यक कम्प्युटर, प्रिन्टर,टेबल, काउन्टर लगायत सहयोग बाल कल्याण समाजले मर्सिकोर नेपालसंगको सहयोगमा प्रदान गरिएको थियो । सहकारीले अहिले सफ्टवेयरमार्फत आर्थिक कारोबार गरिरहेकाले काम गर्न सजिलो हुनाका साथै पारदर्शी समेत भएको सहकारीका अध्यक्ष दाहाल बताउँनुहुन्छ ।
सुरुमा कृषि, व्यापार,व्यवसाय र शैक्षिक ऋण प्रदान गर्दै आइरहेकोमा हाल वैदेशिक रोजगारी, आपतलकालीन, पशुपालन जस्ता ऋण पनि प्रदान गर्दै आइरहेको छ । सहकारीले आगामी दिनमा आफ्नो आकार अझ बढाउने योजना बनाएको छ । आगामी पाँच वर्षभित्र सहकारीका सदस्य ३ हजार बनाउने तथा कारोबारलाई ५ करोड रुपिया पुुर्याउने सहकारीको लक्ष्य छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*