युवा र सकारात्मक सोच

लोकखबर
२७ पुष २०७५, शुक्रबार १६:२६

 – रामजी अधिकारी
हात बाँधेर हुन्न अब-जाग्नुपर्छ युवा शक्ति ।
अहिल्यैबाट राम्रो काम थाल्नुपर्छ युवा शक्ति।।
भोलि भोलि भन्दै जाँदा आधा उमेर गईसक्यो ।
अहिल्यैदेखि देश विकासमा लाग्नुपर्छ युवाशक्ति ।।
‘युवा’ शब्दलाई उल्टोबाट पढौ त ! ‘वायु’ हुन्छ । आजसम्म युवा भन्ने वित्तिकै आँँधी, तुफानसंग लगेर जोडेको तुलना गरेको अधिक पाईन्छ । आँँधी र तुफानले अन्तत : विनास निम्त्याउँछ । आजको आवश्यकता, समयको पुकार भनेको हामी प्रत्येक युवा वायु (प्राण) बनेर देशको सेवामा निश्वार्थ एवम् अपेक्षा रहित भई समर्पित भएर हाम्रा पूर्खाहरुले हाम्रो देश नेपालको छवि विश्व मानचित्रमा जसरी बनाएका छन् त्यो छविलाई कायम राख्दै देशको उचाईलाई सर्वोच्च स्थानमा पुर्याउनु हामी यूवाको महत्वपूर्ण जिम्मेवारी हुन्छ ।
जसले जिम्मेवारी बहन गर्छ उसैको शक्ति बढ्छ भन्ने शाश्वत सत्यलाई आत्मसात गर्दै सकारात्मक सोचका साथ अगाडी बढ्न सके व्यक्तिगत जीवन त सुन्दर हुन्छ नै यो धर्ती नै स्वर्गमा रुपान्तरण हुन्छ । युवाले जे सोच्छ, त्यो त उसको लागि महत्वपूर्ण हुन्छ नै त्यसको प्रभाव सिंगो देश र विश्वलाई समेत परेको हुन्छ । देशको भविष्य युवाहरुको विचारले तय गर्छ । भनिन्छ नि–विचारको परिवर्तनले अन्तत ः मानिसको जीन्दगीलाई नै परिवर्तन गर्न सक्छ ।
आज हाम्रो देश नेपालको सकारात्मक रुपान्तरणको चाहाना राख्दै थुप्रै संघसंस्थाहरुले विभिन्न अभियान चलाएको प्रशस्तै देख्न पाईन्छ । सकारात्मक रुपान्तरण कति भयो ? हामी कति सकारात्मक हुन सक्यौं ? यो सोच्नुपर्ने विषय बनेको छ । जबसम्म देशमा गहना, शिरका ताज, गलाका हार युवाहरुको विचारमा सकारात्मक सोचको विकास हुदैन तवसम्म हामीले चाहेको सम्मुन्नत राष्ट्र निर्माण हुन सक्दैन । यो निश्चित छ ।

कस्तो सोचलाई सकारात्मक सोच भन्ने त ? जिज्ञासा हुन सक्छ ।
विद्यालयमा कक्षा संचालन भईरहेको थियो । गुरुले पढाईरहेकै समयमा प्रसङ्गबश विद्यार्थीलाई प्रश्न सोध्नुहुन्छ । स्वर्ग जान को – को चाहान्छौ ? कक्षामा सबै जनाले हात उठाउँछन् तर कक्षाकोठाको पछाडीको बेन्चका कुनामा बसेको नरेन्द्र नाम गरेको विद्यार्थीले हात उठाउँदैन, गुरुलाई अचम्म लाग्छ स्वर्ग पनि जान नचाहने कस्तो विद्यार्थी ? गुरु विद्यार्थीको छेउमा जानु हुन्छ र सोध्नु हुन्छ–बावु नरेन्द तिमी स्वर्ग जान चाहदैनौ ? नरेन्द्रले टाउको हल्लाउँछन् र भन्छन् –‘म स्वर्ग जान भन्दा जुन धर्तीमा म बस्छु यहि धर्तीलाई स्वर्ग बनाउँछु ।’ आहा ! हेनूहोस् त, कति दिव्य विचार, सर्वोच्च विचार । यस्तो सोचलाई भनिन्छ सकारात्मक सोच । आज हामी त्यो नरेन्द्र नाम गरेको विद्यार्थीलाई स्वामी विवेकानन्दको नामले संबोधन गर्ने गछौ ।
मरेपछिको स्वर्ग र नर्गको परिकल्पना गर्नु भन्दा यो धर्तीमा रहुन्जेल प्रत्येक युवाले आफ्नो मलमलमय जीवनलाई अलमलमा नराखीकन आफ्नो जीवनलाई सुन्दर बनाउने यात्रामा हिड्न सके देशको मुहार सुन्दर देखिन्छ । जसरी महात्मा गौतम बुद्ध भन्ने वितिकै नेपाल, महात्मा गान्धि भन्ने वितिकै भारत, अब्राहम लिङ्कन भन्ने वितिकै अमेरिकाको नाम अगाडी आउँछ । अनुभवले भन्छ–व्यक्ति जस्तो भयो घर, परिवार, समाज, राष्ट्र र विश्व त्यस्तै हुन्छ ।

आजको आवश्यकता, समयको पुकार प्रत्येक युवाको शब्द शब्दमा सकारात्मकता र आफ्नो जीवनप्रति कृतज्ञताका साथ म को हँु ? यो संसारमा किन आएँ ? मेरो कर्तव्य के हो ? मेरो जीवनले कसैलाई बास्ना छरिरहेको छ या गन्ध ? फूल बनेको छ या काँडा ? यी प्रश्नहरुको उत्तर खोज्नु हामी युवाहरुको पहिलो जिम्मेवारी हुनुपर्छ । भनिन्छ नि ‘हजारौँ माईलको यात्रा पहिलो पाईलाबाट सुुरु हुन्छ ।’ तर आज धेरै देख्न र सुन्न पाउँछौ – हामी धेरैको जीवनको पहिलो गाँसमै ढुङ्गा लागिरहेको छ ।
सबैको चाहाना सुख,शान्ति,समृद्धि र आनन्दको नै हुन्छ तर त्यो आनन्द मानिसले प्राप्त गर्न सकिरहेको छैन किन ? एउटा भ्यागुतो सर्पको मुखमा पर्छ अनि त्यो सर्पले विस्तारै विस्तारै मुखमा च्याप्छ तर सर्पको मुखमा परेको त्यो भ्यागुतोको अगाडी कुनै कीरा या लामखुट्टे उडेर आयो भने त्यतिखेर पनि लामखुट्टेलाई समात्न मुख खोल्छ । त्यस भ्यागुतोलाई आफ्नो गतिको चाँहि पत्तो नै हुदैन । आफै सर्पको आहारा बनिरहेको छ । अझ त्यस भ्यागुतोलाई लोभले छोडेको छैन् । यो प्रसङ्गले दिन खोजेको सन्देश एउटै छ– हामी पनि कालरुपी सर्पको मुखमा पर्ने नै छौ । यो शाश्वत छ जन्मेपछि एकदिन मर्नैपर्छ । विस्तारै विस्तारै दिन, रात, जाँडो, गर्मी भोग्दा भोग्दै आयु सकिन्छ । त्यसैले यो धर्तिमा हुन्जेल यस्तो कर्म गरौ हाम्रो भौतिक शरीरले विश्रान्ति लिँदा हाम्रा आफन्त, छरछिमेक, समाज र पेशालाई नै हाम्रो अभावको अनुभुति होस् । भनिन्छ–मानिसको उचाई वर्षले होईन उसको कर्मले नाप्नुपर्छ । जीवनको लम्बाई भन्दा पनि उचाईले महत्व राख्दछ ।
दुःख,अशान्तिको जड भनेको हाम्रो कर्म हो । बाचुन्जेल यसरी बाँचौ फूल स्व?पको बनेर फूलको बास्ना छर्छ, सुगन्ध छर्छ । हाम्रो जीवन पनि फूल समान बनाउनु पर्छ । सुख, शान्ति, आनन्दको स्रोत भनेकै हामीले गर्ने कर्म नै हो । तसर्थ प्रत्येक युवा हामीले गर्ने प्रत्येक कर्म होस र प्रेमका साथ गर्नुपर्छ ।
असल कर्ममा कति शक्ति हुन्छ ? हामी सबैले सुनेको र सम्मानका साथ लिने नाम हो मदर टेरेसा । एउटा सामान्य शिक्षिका एउटा स्कुलमा पढाउने एक महिला विहानको समयमा हिड्दै कतै जाने क्रममा खोलाको किनारबाट मलाई बचाऊ ! मलाई बचाऊ ! भन्ने आवाजलाई पछ्याउदै जाँदा एउटा ठूलो बाकसबाट आवाज आईरहेको हुन्छ, खोलेर हेर्दा ६०÷६५ वर्ष उमेरको व्यक्ति जसलाई कुष्ठरोग भएकाले आफ्नो परिवारले परिवारको बोझ ठानी फालिदिएका हुन्छन् । त्यो दर्दनाक अवस्था देखे पश्चात मदर टेरेसाले आफैसंग प्रतिबद्दता गर्छिन् कि मेरो बाँकी रहेको जीवन यस्तै दुःख पाएमा, बेसहारा भएकाहरुकोसेवा गरेर बिताँउछु । उनले गरेको त्यहि प्रतिबद्दता र निरन्तर गरेको असल कर्मले उनलाई सिष्टर टेरेसाबाट मदर टेरेसा बनायो । अरु थुप्रै नामहरु छन् –सिद्धार्थ गौतमलाई उनको कर्मले महात्मा बनायो । मोहनदास चन्द्र गान्धिलाई महात्मा गान्धि बनायो । रत्नाकर डाँकुलाई ऋषि वाल्मिकी बनायो । उहाँहरुको तिव्र परिवर्तन र समर्पणको त्यो समय युवा अवस्था नै थियो ।
त्यसैले हे युवा
युवा जीवन एउटा उपहार, यसलाई फैलाउनु छ
सुगन्ध भरी
जीवन दियो हो, यसलाई चम्काउनु छ
ज्योति भरी
जीवन एउटा तिर्खा हो, यसलाई मेट्नु छ
तृप्त हुने गरी
जीवन एउटा भाषा हो, यसलाई व्यक्त गर्नु छ
बुझिने गरी
जीवन एउटा आशा हो, यसलाई लक्ष्यमा पु¥याउनु छ
कोसिस गरी
जीवन एउटा प्रश्न हो, सलाई सम्झनु छ
प्रयत्न गरी
जीवन आनन्द हो, यसलाई समेट्नु छ
खुसी उमङ्ग भरी
जीवन एउटा सत्य हो, यसलाई चिन्नु छ
अन्र्तमुखी बनी ।

अन्तमा, युवा हासे संसार हाँस्छ ।

अधिकारी, सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन, साँचो जीवन निर्माण अभियानको प्रमूख प्रशिक्षक एवम् मानवसेवा आश्रमको केन्द्रीय अध्यक्ष हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*