पत्रकार महासंघ प्रदेश ३ ले गर्यो यस्तो निर्णय

लोकखबर
१८ माघ २०७५, शुक्रबार २१:४६

मकवानपुर। नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ ले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् नेतृत्व चयन गर्ने गरी विधान संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।
महासंघका प्रदेश जिल्ला अध्यक्षको शुक्रबार हेटौंडामा भएको भेलाले यस्तो निर्णय गरेको हो । प्रदेशका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको भेलाले फागुन ९ र १० गते पोखरामा हुने महासंघको साधारणसभाबाट प्रत्यक्ष निर्वाचन प्रणालीलाई विधानमा समावेश गराउन पहल गर्ने निर्णय गरेको महासचिव कृष्ण सारु मगरले बताए । भेलाले प्रदेश अन्तरगतका जिल्ला शाखामा आवद्ध सदस्यहरुको एक महिनाभित्र सदस्यता नविकरण गर्ने निर्णय पनि गरेको छ ।
सञ्चारमाध्यमलाई सेवा उद्योगको मान्यता दिई रेडियोको रोयल्टी छुट दिई समानुपातिक विज्ञापन लागु गराउन तथा स्थानीय र प्रदेशस्तरका विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन माग गर्ने निर्णय पनि भेलामा भएको महासचिव मगरले जानकारी दिए। स्थानीय स्तरबाटै सञ्चालित सञ्चारमाध्यमहरुको दर्ता, नविकरण, नियम, वर्गिकरण र लोक कल्याणकारी विज्ञापनको भुक्तानी हुने व्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णय भएको छ।
भेलाले प्रदेश र स्थानीय तहमा कानून र सञ्चार सम्बन्धी संरचना निर्माण गर्दा पत्रकार महासंघ प्रदेश र जिल्ला शाखाहरुसँग छलफल गरी सहमतीमा निर्माण गर्न आग्रह समेत गरेको छ । भेलामा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य लगायतले बोलेका थिए।
यस्तै, श्रमजिवी ऐन र न्यूनतम पारिश्रमिक पुनरावलोकन कार्यान्वयनको अवस्था र चुनौती विषयक प्रदेश स्तरीय अन्तरक्रिया पनि हेटौंडामा भयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिले नेपाल पत्रकार महासंघ प्रदेश ३ सँग समन्वयमा गरेको अन्तरक्रियामा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान)का उपाध्यक्ष उज्वल चौलागाई लगायतले प्रदेशमा मिडिया विकासमा पत्रकार महासंघले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा बोलेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*