ल्होछारमा प्रदेश सरकारले बिदा दिने

लोकखबर
२१ माघ २०७५, सोमबार ०४:५७

मकवानपुर । माघ २२ गते पर्ने तामाङ समुदायको नयाँ बर्षको रुपमा रहेको सोनाम ल्होछारको दिन ३ नं प्रदेश सरकारले बिदा दिने घोषणा गरेको छ ।

ल्होछारका दिन बिदा दिने दिइने व्यहोरोको सूचना आइतबार आन्तरिक तथा कानून मन्त्रालयले प्रकाशन गरेको हो । माघ ९ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय बमोजिम मन्त्रालयले सूचना प्रकाशन गरी बिदाबारे जानकारी दिएको हो ।

यसअघि नेपाल तामाङ घेदुङ र जनजाति महासंघले समेत जातीय पर्वहरुमा विदा दिन माग गर्दै मुख्यमन्त्री डोरमणि पौडेलसहित सरोकारवालाको ध्यानाकर्षण गराएको थियो।

मकवानपुरको बकैया, बागमती र राक्सिराङ गाउँपालिकाले सोनाम ल्होछारको दिन बिदा दिने निर्णय गरिसकेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*