जिल्ला प्रशासन कार्यालयमा पुरुष सहायता कक्ष स्थापना

लोकखबर
१ फाल्गुन २०७५, बुधबार १७:१७

मकवानपुर । मुलुकमा व्याप्त धेरै समस्याहरु मध्ये बेरोजगारी समस्या प्रमुख रुपमा रहेको छ । वैदेशिक रोजगारीका लागि मकवानपुर जिल्लाबाट पनि अधिक मात्रामा राहदानी बनाउने क्रम जारी छ । तर वैदेशिक रोजगारीमा जानेहरु सबै स्वेच्छा र सही रुपमा गएको नभई अरुको लहलहै तथा दलालको उक्साहटमा पनि वैदेशिक रोजगारीका नाममा जाने र कालान्तरमा ठगीमा पर्ने, श्रम शोषणमा पर्ने र आफ्नै पैसाले बेचिने र कुनैले ज्यानै समेत गुमाउने सम्मको घटनाहरु सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत देख्दै सुन्दै र कतिपयले भोग्दै आएको यथार्थता छ ।

यसैले पनि मकवानपुरमा सुरक्षित स्थानागमन तथा विभिन्न स्वरुपमा हुने मानव वेचविखनलाई न्युनिकरण गर्नका लागि नारी सीप सृजना केन्द्र नेपाल हेटौंडाले मकवानपुर को मनहरी गाउँपालिका तथा हेटाँैडा उपमहानगरपालिकामा “मानव वेचविखन रोकथाम एवम् सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजना ” AWO INTERNATIONAL e.v.संगको साझेदारीतामा सञ्चालन गरिरहेको छ । मकवानपुरमा वैदेशिक रोजगारीमा जाने उद्धेश्यले राहदानी बनाउन आउने व्यक्तिका लागि सही रुपमा वैदेशिक रोजगारीमा जाने वातावरण मिलाउन स्वयम् व्यक्तिको उदेश्य दलालीको भरमा वा उक्साहटमा राहदानी बनाउन लागेकाहरुका लागि आवश्यक परामर्श तथा सत्य तथ्य पत्ता लगाई जोखिमबाट बँच्ने र बचाउने उदेश्यले जिल्ला प्रशासन कार्यालयसंगको सहकार्य तथा मानव वेचविखन विरुद्धको जिल्ला सञ्जालसंगको समन्वयमा मिति २०७५ फाल्गुण १ गते देखि जिल्ला प्रशासन कार्यालय हेटौँडामा परामर्श सहायता कक्ष स्थापना गरिएको छ ।

सहायता कक्ष स्थापना पछि जिल्ला स्थित राहदानी लिने प्रयोजनका लागि आएका व्यक्तिका लागि आवश्यक प्रक्रिया तथा परामर्श दिने र भविष्यमा संभावित जोखिम कम हुने अपेक्षा सहित स्थापना गरिएको छ ।

महिलाहरुको लागि पहिले देखि नै जिल्लामा कार्यरत गैरसरकारी संस्थाहरु तथा मानव वेचविखन विरुद्दको जिल्ला सञ्जालको सहकार्यमा परामर्श कक्षा सञ्चालन भएता पनि पुरुषका लागि परामर्श सहायता कक्ष पहिलो पटक स्थापना भएको हो ।

सहायता कक्ष स्थापना पछि जिल्ला स्थित राहदानी लिने प्रयोजनका लागि आएका व्यक्तिका लागि आवश्यक प्रक्रिया तथा परामर्श दिने र भविष्यमा संभावित जोखिम कम हुने अपेक्षा सहित स्थापना गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*