चीनबाट ल्याइदै तीन लाख पर्ने ४ हजार वटा गाई

लोकखबर
१७ फाल्गुन २०७५, शुक्रबार २२:४१

मकवानपुर । प्रदेश नम्बर ३ सरकार र चीनको चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसबीच गाई तथा दुग्धजन्य क्षेत्रमा सहयोग गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार गरिबी निवारणका लागि दुग्ध विकास परियोजना अन्तरगत प्रदेश ३ मा चीनबाट ४ हजार गाई ल्याइने छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव निर्मल गदाल र साइन्सेसका प्रमुख इन्जिनियर उडिसीङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यो सम्झौतासँगै दिनमा ३० लिटर सम्म दुध दिने नस्ल सुधार भएको गाईलाई यस प्रदेशमा भित्र्याएर गरिबी निवारण गर्ने तयारी भएको तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
चीनले गाईमा आधारित दुग्ध डेरी, यसको बजारीकरण, पशु स्वास्थ्य, दाना उद्योग लगायतका क्षेत्रमा सहयोग गर्ने उनले बताए । एक वर्षभित्रमा यस प्रदेशका १३ वटै जिल्लामा अहिलेका गाईभन्दा धेरै दुध दिने गाई भित्रयाउने प्रदेश सरकारको तयारी रहेको जनाइएको छ ।
चीनबाट आउने एउटा गाईको मूल्य ३ लाख रुपैयाँसम्म पर्ने बताइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको रोहवरमा दुवै पक्षबीच हस्ताक्षर भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*