अपडेट : महाकाली नदीमा जीप खस्दा ११ जनाको मृत्यु
दार्चुला। दार्चुला–तिङ्कर सडक अन्तर्गत दुहुँ गाउँपालिक -३ राताकाठा क्षेत्रमा जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७ महिला सहित ११ जनाको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सात महिला,तीन पुरुष र एक बालिका छन् । शनिबार विहान ७ बजेसम्म समाचार तयार पार्दासम्म मृतकको सनाखत हुन सकेको छैन। सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म १ ज २८० नम्बरको जीप पाँच सय मिटर तल महाकाली नदीमा खसेको हो।
सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए।