यतातिर ध्यान खै त ?

देवीप्रसाद गौतम
१८ फाल्गुन २०७५, शनिबार ०७:४०

नेपालमा शहीदहरुको सम्झना गरिरहँदा सरकार, प्रतिपक्षी र डाक्टर केसीबिच घमासान, घम्साघम्सी शान्ति युद्ध चल्यो। व्यवस्थापिका–संसद अवरुद्ध पारियो । चिकित्सा शिक्षा ऐन, २०७५ पारित भएको समाचारमा सुनिएको छ । त्यो ऐनमा के छ ? डाक्टर केसीले के माग राखेका थिए ? के पुग्यो ? के पुगेन त्यो छलफलको विषय हुनसक्छ । नेपालमा मेडिकल कति वटा छन् ? ति क–कसका हुन् ? सरकारी मेडिकल कतिवटा छ ? जे जति र जसको भएपनि जनताको स्वास्थ्य उपचार गर्ने संस्था हुन् । मेडिकल क्षेत्रमा माफिया छ भनेका छन् । को को हुन् ति माफिया ? राजनैतिक दलमा नेता, कार्यकर्ता हुन्छन् ।

अहिले त राजनैतिक दलमा व्यापारी पनि घुसेका छन् । निःस्वार्थ लागेका नेता कार्यकर्ता पनि छन् । तिनले त्यो अस्पताल पक्कै खोलेर माफियातन्त्र चलाएको छैन होला । कसले चलायो माफितातन्त्र ? प्रतिपक्ष दलले एउटा डाक्टरलाई माध्यम बनाएर आन्दोलन गर्न खोज्यो ? डाक्टरले पनि आफ्ना माग भन्दा पनि राजनैतिक माग समेत घुसाउनुभयो । नघुसाई आफ्ना स्वास्थ्य क्षेत्रका माग राखेको भए हुन्थ्यो । यो आन्दोलनमा प्रतिपक्ष र डाक्टर फेल हुन पुगेका छन् । गलत तरिका अपनाइयो भने जो कोही फेल हुन्छ । स्वास्थ्य क्षेत्रमा सर्वसाधारण, गरिव निमुखाको पहुँच हुने गरी परिवर्तत हुन आवश्यक छ । त्यो सबैले भन्ने गरेका छन्। डाक्टरले जनताको मुद्दा र विषय उठाउनु भएको पक्कै हो । कति समाधान भए कति भएन होला, बाँकी हुन पर्दछ ।

सरकार र प्रतिपक्षको लडाई सकिएको छैन जस्तो छ । संसद चल्न दिईएको छैन । के के कुरामा चित्त बुझेको छैन ? जे भएपनि नेपालका नेताहरुमा एउटा संयमता छ । त्यो ठूलो कुरो हो । यता संसदमा लडाई चलिरहेको बेलामा भेनेजुयलामा सडक संघर्ष चर्किएको छ चर्काईएको छ । अरुको देशमा हस्तक्षेत्र गर्ने चलन छ । यो संसारको रिती नै भईसक्यो । नेपालमा पनि हस्तक्षेप गर्न नखोजिएको हैन ।

चिकित्सा शिक्षा ऐन पारित हुन नदिन ठूलो कसरत गरियो । लामो अनसन भयो । अनसन भनेको अन्न नखाई बसेको भन्ने होला । यसपालीको अनसनबाट सरकारले कुनै माग पुरा गर्नु परेन र कुनै सम्झौता पनि भएन । आफ्ना नेताको नाममा अस्पताल खोल्ने, अनि अस्पताल संघमा राख, हैन प्रदेशमा राख, यता राख, उता राख किन भनेको हो ? जता राखेपनि जनताको उपचार सर्वसुलभ तरिकाबाट हुन्छ-हुदैन जनताले हेर्ने त्यता हो । जता राख, जे नाम राख, जनताले स्वास्थ्य सेवा सस्तो, सुविधायुक्त हुनपर्ने हो । तर यहाँ त्यो भइरहेको छैन । गरिव, श्रमिक, किसान, मजदुर वर्गीय जनताले त्यो सेवा पाउन सकेका छैनन् । हुने खाने वर्ग महँगो अस्पतालमा उपचार गराउन पाएकै छ । मर्ने त्यो वर्गीय जनता हो र मरिरहेको छ ।

सरकार र प्रतिपक्षको लडाई सकिएको छैन जस्तो छ । संसद चल्न दिईएको छैन । के के कुरामा चित्त बुझेको छैन ? जे भएपनि नेपालका नेताहरुमा एउटा संयमता छ । त्यो ठूलो कुरो हो । यता संसदमा लडाई चलिरहेको बेलामा भेनेजुयलामा सडक संघर्ष चर्किएको छ चर्काईएको छ । अरुको देशमा हस्तक्षेत्र गर्ने चलन छ । यो संसारको रिती नै भईसक्यो । नेपालमा पनि हस्तक्षेप गर्न नखोजिएको हैन । तर नेताको संयमताले रोकिएको हो । हामीले गर्व गर्नुपर्छ ।
यसैगरी शान्तिपूर्ण तरिकाले माग राख्ने, समाधान गर्ने र गर्दै जाने परम्परा राखियो भने नेपालले मुक्ति पाउनेछ । नेपालीले मुक्ती पाउने छन् र तिव्र विकास हुनेछ भन्ने जनताले आशा राखेका छन् । जनता सन्तुष्ट हुने गरी काम भएको छैन । जता हेर्यो त्यतै समस्या छ ।

यस्तै, शिक्षा ऐन निर्माणमा पनि समस्या भयो । कस्तो शिक्षा, पाठ्यक्रम राख्ने, कस्तो पाठ्यक्रम राखियो भने देशमा दक्ष जनशक्ति उत्पादन हुन्छ भन्ने मुल विषय हो । तर यहाँ निजी विद्यालय खोल्ने, नाफा खाने, अनि उत्पादन भएका जनशक्तिले काम गर्न नसक्ने अवस्था रहेको छ । २०२८ सालमा शिक्षामा परिवर्तन गरियो । त्यो कसले ग¥यो र किन गर्यो ? त्यो परिवर्तनले आज नेपाल यस्तो अवस्थामा पुग्यो । शिक्षामा व्यापारिकरण गरियो । स्वास्थ्य क्षेत्रमा व्यापारिकरण गरियो । यातायात क्षेत्रमा त्यस्तै गरियो । भएभरका राष्ट्रिय उद्योगधन्दा निजिकरण गरि तहस नहस गरियो ।

यहाँ नेपालमा केही काम नभएपछि होनहार युवाहरु वैदेशिक रोजगारीमा खाडी मुलुक गए । कयौंको त्यहाँ अकाल मृत्यु भएको छ । भारतको मणिपुरबाट नेपाली चेलीहरु सयौंको संख्यामा खाडी मुलुक जान लागेको बखत भारतीय प्रहरीले पत्ता लगायो । उनीहरु अहिले कहाँ छन् ? किन गए ति ? आखिर रोजगारीको लागि, आफ्नो जिविकाको लागि, वालवच्चाको अध्ययन खर्चको लागि होला । त्यो सबै नेपालमा भएको भए जानु पर्ने थिएन र अकाल मृत्युवरण गर्नुपर्ने समेत थिएन । त्यस बारेमा कसैले सोचेको छैन । यहा“ कसरी शोषण गर्न पाईन्छ । कसरी कमाउने भन्ने मात्र ध्यान    छ ।

धन भएर के गर्नु एकजना शिक्षक पत्रकारको अकाल ज्यान गयो। ति वेरोजगार युवा बाटोमा बसेर नानाथरिका खान नहुने बस्तु खाई यस्तो गलत प्रवृत्ति गरिरहेका छन् । समाजमा विकृति बढेको छ । सायद विद्यालयमा अध्ययन गर्न जाने केटाकेटीहरु कुलतमा फसेका छन् भनि टिकाटिप्पणी गरेको सुन्न पाईन्छ । विद्यालय क्षेत्रमा के भैरहेको छ ?शिक्षक अभिभावकहरुले ध्यान दिईरहेका छन् कि ? कोहीलाई अदालतमा दिनहुँ ल्याई रहेको छ । तिनले के अपराध गरेर ल्याएको हो ? त्यो अपराध तिनीहरुले किन गरे ? जानी बुझी गरे वा आफ्नो जिविका नभएर गरे। राज्यले ध्यान दिएको छैन । केवल पक्राउ गर्ने, मुद्दा चलाउने यत्तिले समस्या समाधान हुने त हैन नि । मुख्य समस्या के हो ? त्यतातिर ध्यान दिएको देखिदैन । जनताका छोरा छोरीको यस्तो हालत छ । नेताका छोरा छोरी विदेशमा अध्ययन गर्न गएका छन् भनि पत्रपत्रिकामा समाचार आई रहन्छ । तर गरिवका छोरा छोरी विदेशमा काम गर्न, परिश्रम गर्न गई रहेका छन् । त्यो उनीहरुले आर्जन गरेको धनबाट देश चलेको छ भनि गर्भ गर्ने गरिन्छ । लास सरम हुन पर्ने हो ।

देश सञ्चालन गर्ने नेता, सरकारी कर्मचारी, सुरक्षामा काम गर्ने कर्मचारीले सेवा सुविधा पाईरहेका छन् । अब भ्रष्टाचारको कुरा भनि साध्य छैन । जहाँ जानुहोस् जति भएपनि उनीहरुलाई नै पुग्दैन । सरकारी सवारी विदाको दिनमा दुरुपयोग गरिएको कुरा कहिल्यै मेटिदैन । प्रतिपक्ष दलका कार्यकर्ताले विदामा चलेका सरकारी सवारी नियन्त्रण गरि बुझाएको भए राम्रो हुने थियो । जलाउनु भनेको राष्ट्रको क्षति हो । राज्यको देशको जनताको धनबाट खरिद गरेको हुन्छ। विदाको दिन सरकारी साधन चलायो भने त्यो सवारी कब्जामा लिई सम्बन्धीत कार्यालयमा बुझाउनेलाई मुरि मुरि धन्यवाद जनताले दिनेछन्। सरकारी सेवामा रहेकाले के विदाको दिन कही जानुपर्यो भने सार्वजनिक सवारीमा चढ्न हुदैन र ? जनता मात्र चढ्ने हो र ? उनीहरुले कहिल्यै सार्वजनिक सवारी चढेको छैन होला सायद ? ठेक्कपट्टामा त्यस्तै छ। काम कहिल्यै पुरा हुदैन । मुद्दा चलाईएको छ तैपनि भ्रष्टाचार रोकिएको छैन । अख्तियारले यसलाई समात्यो, उसलाई समात्यो भनेको छ तर घुष लिने काम रोकिएको छैन । अख्तियारले पेश गरेको मुद्दा के भै रहेको छ । त्यो सर्वोच्च अदालत सम्म पुग्ने गरेको छ । कहिले सकिनु ? धरौटीमा छुटेर हिडेको छ । त्यो धरौटी राख्ने रकम कहाँबाट प्राप्त भयो ? जतिपनि राख्न सकेको छ । सम्पत्ति शुद्धिकरणतर्फ केही कदम चालिएको छैन । किन नचालिएको होला भन्दा आफैलाई पर्ने होला भनि किन चलाउने ? गरिव सत्तामा पुगेको भए र उ त्यो ओहदामा भए त्यसलाई ठिक पार्ने थियो होला । तर उ पुग्दैन ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*