यस्ता छन् गाजरका फाइदा !

एजेन्सी
२२ फाल्गुन २०७५, बुधबार २१:४६

खाना खाइसकेपछि सलादको सेवन पनि गर्नुपर्दछ भन्ने मान्यता नेपाली समाजमा बिस्तारै विकसित भइरहेको छ । पेटभरि खाना खाइसकेपछि सलाद खाने प्रचलन नयाँ भने होइन तर नेपाली खानपानमा यसको प्रचलन सुरु भएको धेरै भएको छैन ।

स्वस्थकर जीवनका लागि हाम्रो भान्सामा सलादका लागि पनि छुट्टै परिकारहरुको व्यवस्थापन पनि गर्न जरुरी भइसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

खाना खाइसकेपछि सलादका रुपमा प्रयोग गर्ने वस्तु मध्ये गाजर पनि एक उक्तम विकल्प हो । गाजरलाई सलादका अलावा तरकारी अचार तथा हलुवा बनाएर पनि खान सकिन्छ ।

गाजरमा भिटामिन ए भरपूर मात्रामा पाइने भएकोले आँखाको ज्योति तेज पार्नमा सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ ।

मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाजर खाँदा लाभदायक हुन्छ ।

गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ ।

काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ ।

गाजर खानाले स्वासनलीमा जमेको खोकी बाहिर निकाल्न समेत मद्दत पुग्दछ ।

गाजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम गर्दछ ।

गाजरको नियमित सेवनले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*