युवा महिलालाई प्रस्तावना लेखन तालिम

लोकखबर
३ चैत्र २०७५, आईतवार १७:१०

मकवानपुर । मकवानपुरका युवा महिलाले प्रस्तावना लेखन सम्बन्धि तालिम लिएका छन् । हेटौंडा उपमहानगरपालिको चुरियामाई, पदमपोखरी र मकवानपुरगढी गाउँपालिकाका युवा महिला प्रस्तावना लेखन सम्बन्धि दुई दिने तालिममा सहभागी बनेका हुन् ।
ग्रामीण महिला सेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको गल्स एजेन्सी प्रोजेक्ट अन्तर्गत प्रस्तावना लेखन सम्बन्धि तालिम प्रदान गरेको हो । तालिममा विभिन्न समूह, सञ्जालमा आबद्द स्थानीय पन्ध्र जना युवा महिला सहभागी बनेको तालिम सञ्चालक संस्था ग्रामीण महिला सेवा केन्द्र अध्यक्ष लक्ष्मी मुक्तानले जानकारी दिइन् ।
प्रस्तावना लेखन सम्बन्धि तालिम हेटौंडा उपमहानगरपालिकाको चुरियामाईमा यही चैत ४ र ५ गते, इन्द्रसरोबर गाउँपालिकामा ८ र ९ गते र बागमती गाउँपालिकामा १० र ११ गते सञ्चालन हुने अध्यक्ष मुक्तानले जानकारी दिइन् ।
स्थानीय युवा महिलाका सवालमाथि केन्द्रित भई प्रदान गरिएको तालिममा सुशीलराज गिरीले प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् । प्रशिक्षक गिरीका अनुसार प्रस्तावना लेखन सम्बन्धि तालिममा स्थानीय युवा महिलाका सवाल पहिचान गराउँदै उनीहरुका लागि आवश्यक कार्यक्रम माग गर्न सहजीकरण गरिएको छ ।
स्थानीय तहका प्रतिनिधीबाट स्थानीय तहको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि जानकारी समेत तालिममा प्रदान गरिएकाले तालिम युवा महिलाका लागि प्रभावकारी बनेको ग्रामीण महिला सेवा केन्द्रका कार्यकारी निर्देशक नवराज थापाले बताए । ‘युवा महिला तथा किशारीका सवालमा आफ्ना लागि आवश्यक कार्यक्रम माग गर्न सक्ने शीप विकास गराउँन तालिम प्रभावकारी बनेको पाइएको छ ।’ कार्यकारी निर्देशक थापाले भने,‘तालिममा सहभागी बनेका युवा महिला तथा किशोरी अब स्थानीय तहसंग आफ्ना लागि आवश्यक कार्यक्रम माग गर्नका लागि आफैं प्रस्तावना लेख्न सक्षम बनेका छन् ।’ युवा महिलाको नेतृत्व विकास गर्नका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको चुरियामाई र पदमपोखरी तथा अन्य चार वटा गाउँपालिकामा प्रस्तावना लेखन सम्बन्धि दुई दिने तालिम सञ्चालन गरिएको थापाले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*