आज हिमालयन र एपीएफको भिडन्त

लोकखबर
८ चैत्र २०७५, शुक्रबार ०८:२७

मकवानपुर । हिमालयन शेर्पा क्लब र विभागीय टोली सशस्त्र प्रहरीको (एपीएफ) दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ अन्तर्गत् आज शुक्रबार हुने खेलमा भिड्ने भएका छन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी प्रतियोगिताको दोस्रो खेल शेर्पा र एपीएफबीच हुन लागेको हो । हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा हुने खेल दिउँसो ३ बजेटबाट सुरु हुनेछ । दुवै ए डिभिजन क्लब हुन् । प्रतियोगिता आयोजक, एक विदेशसहित आठवटा ए डिभिजन क्लबहरुको सहभागिता रहेको छ । विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*