विद्यार्थी नेतृ विनाको सहयोगी मन, जन्मदिनमा शैक्षिक सहयोग

लोकखबर
८ चैत्र २०७५, शुक्रबार २१:०७

मकवानपुर । अनेरास्ववियु मकवानपुरकी नेतृ बिना देवकोटाले आफ्नो जन्मदिन असहाय विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेर मनाएकी छिन् ।
आज जन्म दिनमा मकवानपुरगढी गाउँपालिका वडा नं ३ स्थित भानु माध्यामिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत २ छात्राहरुलाई उनले वर्षभरीका लागि पुग्ने आवश्यक शैक्षिक सामाग्री सहयोग गरिन् । मकवानपुरगढी गाउँपालिका वडा नं ४ का उषा थोकर र नाङसा लोप्चनलाई देवकोटाले अध्ययनमा सघाउ पुगोस् भन्ने सोच सहित आवश्यक शैक्षिक सामग्री सहयोग गरेकी हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*