आजबाट नयाँ वर्ष ७६ आरम्भ

लोकखबर
१ बैशाख २०७६, आईतवार ०६:४८

मकवानपुर । आजबाट नयाँ वर्ष २०७६ आरम्भ भएको छ । नेपालीहरुका बिच आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइदैँछ । नयाँ वर्षको पहिलो दिन विगतका वर्षहरुमा गरिएका विभिन्न कामको समीक्षा गर्दै आगामी वर्षका लागि नयाँ प्रण गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिनमा नयाँ काम थालनी गर्ने पनि गरिन्छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । नयाँ वर्ष मनाउँनका लागि मकवानपुरको हेटौंडाका विभिन्न पर्यटकीय क्षेत्र, मन्दिर लगायत ठाउँमा आज मानिसहरु उपस्थित हुने गर्दछन् ।

विक्रम सम्बत १३५ देखि शक सम्वत, सम्वत ६३३ देखि मानदेव सम्वत, विक्रम सम्बत ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरुको भनाई छ ।

नेपालीका लागि २०७५ साल पनि औसत रहेको समीक्षा गरिएको छ । सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पनि आशालाग्दो खासै प्रगति भएन । राष्ट्रिय स्तरमा सार्वजनिक यातायातमा चलाइँदै आएको ‘सिन्डिकेट’ विरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपनि अन्त्यमा यो विषय उत्तिक्कै सेलायो । सुनकाण्ड, निर्मला हत्याकान्ड जस्ता विषय खुब चर्चामा रहे तर सरकारले कारवाही गर्न सकेन । तराईमा आन्दोलनरत सिके राउतलाई सहमतीमा, विप्लव नेतृत्वको नेकपाको गतिविधी प्रतिबन्ध लगाउने लगायतका कार्य गएको सालमा भयो ।

सरकारले ल्याएको सामाजिक सुरक्षाको कार्यक्रम लगायतका कार्यले नेपालीमा आशाको सञ्चार गरायो । मकवानपुरका लागि पनि ७५ साल खासै उपलब्धिमूलक रहेन । गएको वर्ष मकवानपुरमा केही महत्वपूर्ण घटना भए । फाल्गुण ५ गते प्रदेश ३ सरकारले हेटौंडाको मुख्य बजारको राजमार्ग क्षेत्र १६ मिटर कायम गर्ने निर्णय, हेटौंडामा बर्डफ्लु, सुनकान्डमा तत्कालीन एसपी विकासराज खनाल पक्राउ, केशव स्थापित मन्त्रीबाट बर्खास्त, सञ्चारकर्मी मनोहर ढकालको हत्या, मकवानपुरलाई सडक मानवमुक्त घोषणा, विद्यार्थी भर्ना अभियान लगायत कार्य भए । पूरानो वर्षमा भए गरेका कार्यबाट अनुभव लिँदै, सिक्दै नयाँ वर्षमा योजना बनाइदै कार्य गर्ने सङ्कल्प िगर्ने दिनका रुपमा आजका दिनलाई लिइन्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*