विप्लव विद्यार्थी संगठनका जिल्ला कोषाध्यक्षले यस कारण छाडे संगठन

पार्टी गतिविधीमा सरकारी प्रतिबन्धपछि नेता कार्यकर्तामा असुरक्षित महसुस
लोकखबर
११ बैशाख २०७६, बुधबार १७:१२

मकवानपुर । आफू स्वतन्त्र जीवन बिताउँने भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनका मकवानपुर जिल्ला कोषाध्यक्षले संगठन छाडेका छन् । संगठनका जिल्ला कोषाध्यक्ष किरण अर्यालले प्रेस विज्ञप्ति जारी गर्दै अब आफू स्वतन्त्र भएको बताए ।
‘म विप्लवले नेतृत्व गरेको नेकपा निकट संगठनको जिल्ला कोषाध्यक्ष रही विद्यार्थीको हक अधिकारको लागि आन्दोलनमा सहभागी भएको थिएँ। देशको बदलिँदो परिस्थितिका कारण आजैको मितिबाट लागू हुनेगरी कुनैपनि राजनीतिक दलको कुनै पनि संगठनमा नरहेको घोषणा गर्दछु ।’ विद्यार्थी नेता अर्यालले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको गतिविधीमाथि प्रतिबन्ध लगाउँदै नेता कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेपछि पार्टीमा आबद्द नेता तथा कार्यकर्ता असुरक्षित महसुस गर्न थालेका छन् । पार्टीको कार्यकर्ता वा नेताका रुपमा रहेका व्यक्ति पक्राउ पर्न थालेसंगै स्वतन्त्र हुने, अर्को पार्टीमा प्रवेश गर्ने गरेको पाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*