थाहानगरमा यसरी हुदैछ मकवानपुर जर्नालिज्म अवार्ड

लोकखबर
११ बैशाख २०७६, बुधबार १८:३४

मकवानपुर । खबरब्रेक डटकम सञ्चालक संस्था क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा यही वैशाख १३ गते थाहा नगरपालिकामा हुने मकवानपुर जर्नालिज्म अवार्डको तयारी पूरा भएको छ ।
अवार्ड वितरण कार्यक्रमलाई गोदावरी स्टिलले मुख्य प्रायोजन गरेको न्यूज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष तथा खबरब्रेक डटकमका सम्पादक धर्मेन्द्र दाहालले जानकारी दिए । यो पटक २३ विधामा पत्रकारहरुलाई अवार्ड प्रदान गरिने उनले जनाए ।
थाहा नगरमा हुने समारोहमा लाईफटाईम अचिभमेन्ट अवार्डबाट एकजना बरिष्ट पत्रकारलाई समेत सम्मान, सर्वोत्कृष्ट वर्ष पत्रकार अवार्ड, आर्थिक पत्रकार अवार्ड, क्रियाशिल महिला पत्रकार अवार्ड, अनलाईन पत्रकार अवार्ड, शिक्षा, पर्यटन पत्रकार अवार्ड, सामजिक पत्रकार अवार्ड, टेलिभिजन पत्रकार अवार्ड, फिचर रिर्पोटिङ, युवा पत्रकार, उदयीमान पत्रकार लगायतको अवार्ड प्रदान गरिने आयोजकको भनाई छ । बेलप्रसाद-कमला दाहाल ग्रामिण सामजिक पत्रकारिता पुरस्कारबाट पत्रकार शिवकुमार काशी तथा शिव-सत्यरुपा शिलवाल आर्थिक पत्रकारिता पुरस्कार २०७५ बाट रुपेश दुलाललाई नगद ११ हजार १ सय ११ सहित पुरस्कृत गरिने जनाइएको छ । कार्यक्रममा मकवानपुरको पर्यटन प्रर्वद्धनमा मिडियाको भूमिका विषयक सेमिनार पनि गरिने जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*