एक्टिभ मोबाइल हाउसलाई ५० हजारको चेक

आगलागीबाट क्षति व्यहोराका व्यवसायीको साथमा मउवासंघ
लोकखबर
१५ बैशाख २०७६, आईतवार १८:०३

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले आज आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । मकवानपुरको मनहरी बजारमा रहेको एक्टिभ मोबाईल हाउसलाई ५० हजार सहयोग गरिएको संघले जनाएको छ । पश्चिमी क्षेत्र मनहरीमा रहेको संघका साधारण सदस्य मोबाईल व्यवसायी रामचन्द्र श्रेष्ठलाई ५० हजारको चेक हस्तान्तरण गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले व्यवसायी श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।
संघले व्यवसायी हितकोषबाट उक्त रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष कटुवालले दुःख व्यक्त गर्दै विभिन्न खाले विपदमा पर्नसक्ने भएकोले जोखिमबाट बच्न बिमा गर्न सबै व्यवसायीलाई आग्रह गरे । बीमा गर्दा भविष्यमा व्यवसायीलाई सहज वातावरण हुने समेत उनको भनाई छ ।
एक्टिभ मोबाईल हाउसमा गत चैत २४ गते विजुली सर्ट भई आगलागी हुँदा करिब १० लाख क्षति भएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष कृष्णकुमार गुप्ता, महासचिव प्रमोदसिंह रानाभाट, सचिव सन्तोष अर्याल,सदस्य कृष्णप्रसाद ढुंङगाना, पश्चिमक्षेत्र समितिका कार्यसमिति सदस्य पशुपति बर्तौला, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. हेटौंडाका प्रमुख अर्जुन सुवेदी, स्थानीय व्यवसायी लगायतको उपस्थिती थियो । कार्यक्रम उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका कार्यवाहक सभापति गणेशमान मानन्धरको अध्यक्षतामा भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*