प्रदेशसभाको बैठकबाट अब तोकिएला हेटौंडा राजधानी ?

लोकखबर
२० बैशाख २०७६, शुक्रबार २२:३८

मकवानपुर । प्रदेश ३ को राजधानी र नामका सवालमा कुनै निर्णय गर्न गर्न नसकेको आरोप लागिरहेका बेला पछिल्लो समय प्रदेश ३ को राजधानी हेटौंडा हुनेमा सहमती जुटेको बताइएको छ ।
हेटौंडालाई अस्थायी राजधानी तोकेर सरकार सञ्चालन भइरहेको प्रदेश ३ मा अब स्थायी रुपमा नै राजधानी तोकेर जानका लागि नेकपाका शीर्ष दुई नेता सहमत भएको दाबी गरिएको बताइन्छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बिचमा प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने विषयमा सहमती भएको बताइन्छ ।
डेढवर्ष अघि देखि अस्थायी रुपमा रहेको प्रदेश राजधानी अब स्थायी हुने भएपछि यसबारे बहस तातेको छ । यहि बैशाख ३० गते बस्ने प्रदेश ३ को सभामा अब राजधानी र नामको विषयले प्रवेश पाउँने बताइएको छ । राजधानी तथा नाम टुंगो लगाउन दुई तिहाई बहुमत आवश्यक पर्दछ । प्रदेश ३ सरकारमा नेकपाको दुई तिहाइ रहेको छ ।
प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमतीमा सहमतीका लागि नेकपा केद्रबाट प्राप्त ह्वीप नमान्ने भनेर केही सांसदले सञ्चारमाध्यममा प्रतिकृया दिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*