सन्दर्भ : मातातिर्थ औंसी

जानौं आमाको महिमा

मुनिन्द्ररत्न बज्राचार्य
२१ बैशाख २०७६, शनिबार ०६:४४

भनिन्छ एउटी आमाको काखमा दशजना केटाकेटी अट्छन् तर दशजना केटाकेटीका काखमा एउटी आमा अट्दिनन् । यसरी आमाको महिमा कति व्यापक छ भन्ने पहिचान गराउँछ । आमाको महिमा ज्यादै विशाल छ, किनभने आमाले आफनो गर्भमा नौ महिनासम्म दःख कष्ट सहेर जन्माउँछिन् । आमाले जन्माएपछि सबैभन्दा पहिलो नाता आमा नै हुन्छ । आमाले आफ्ना सन्तानको लालन पालनका लागि आफ्नो रगत समान दूध चुसाई हुर्काउँछिन् । त्यसैले आमाको माया, त्याग र तपस्या सबैले मनन गर्नु पर्दछ ।आमाको महिमा अपरम्पार छ । आजको सत्यता यसैमा छ । यसैले वैशाख महिनाको औंसीको दिन मातृऔंसी भन यिसदिन आमाको मुख हेर्ने परम्परा छ । यसदिन सारा नेपाली आमाको भक्ति भावले सम्झना गरी श्रद्धा र मायाले आमालाई मीठामीठा परिकार टक्राई मुख हेर्ने गर्दछन् । बिहे भएका छोरीहरू पनि यस दिन माइतमा गई आमालाई फलफूल मिठाई र राम्रा राम्रा लुगा वस्तु उपहार राखी सम्मानका साथ दर्शन गर्छन् ।

संसारमा सबथोक पैसाले किन्न सकिन्छ तर आमाबाबुु किन्न सकिँदैन । आमा बाबुुको माया कसैबाट पनि पाउन सकिँदैन । आमाको मायामा हुर्केका सन्तानहरू राम्रा शिक्षादीक्षा पाएर सुयोग्य र कर्तव्यपरायण हुन्छन् । यसैले मातृदेवो भव भनी आमालाई देवता सरह मान्ने हाम्रो संस्कार छ ।

आफूलाई जन्म दिने आमालाई खुसी पार्दछन् । आमाले पनि आफ्ना छोराछोरीलाई शुभाशीर्वाद दिंदै उनीहरूलाई खुसी तुल्याउँछिन् । यस्तै आमा दिवंगत भएका छोराछोरीहरू यस दिन आमाको स्मरण गरी बिहान सबेरै नुहाइ धुवाई गरी तर्पण दिने, सिदा दिने, गरिब गुरुवालाई दान दिने गर्दछन् । यस दिन काठमाडौंको मातातीर्थ भन्ने ठाउँमा वृहद मेला लाग्छ । यहाँ आफ्नी आमाको मुक्तिका लागि श्राद्ध गर्ने, सिदा दान गर्ने गर्छन् । मातातीर्थमा मातृऔसीका दिन मेला लाग्नेमा आफ्नै किवंदन्ती छ ।जस्तो एकदिन यहाँ एउटा गोठाला गाईवस्तु चराउने गर्थे । उनकी आमा मरिसकेकी रहिछन् । यस ठाउँमा एउटा पोखरी थियो, एकदिन आफूले खाएको एक कचौरा भात त्यस पोखरीमा आमाको सम्झनामा फालेछन्, पोखरीबाट उनकी आमाले हात थापेर त्यो भात खाएको उनले देखे । सो कुरा सबै छरछिमेकीलाई खबर गरेपछि त्यसदिनदेखि आमा नभएका मानिसहरू मातृऔँसीका दिन आमाको सम्झनामा खानेकुरा चढाउन आउन थाले । पछि सो स्थानलाई मातातीर्थको नामाकरण गरियो । आजसम्म पनि यहाँ मातृऔँसीका दिन टाढाटाढाका स्थानबाट पनि आमाको संस्मरणमा श्राद्ध गर्ने पवित्र स्नान तथा दान धर्मकर्म गर्ने गर्छन् । कोही कोही यस दिन आफ्नै नजिकका कुुण्ड तीर्थ नदीछेउ नुहाइधुवाइ गरी आमाको चिरशान्ति कामना गर्ने गर्छन् ।आमाको महिमा सधैँ उच्च रहेको हुन्छ । यस दिन आमा नभएकाहरू दुःख मानिरहेका हुन्छन् । आमालाई सम्झेर अतीतका दिनहरूलाई कल्पना गरिरहेका हुन्छन् । जस्तोसुकै दुःखमा पनि आमाबाबु आफ्ना सन्तानको हितका लागि सदा सचेत भइरहेका हुुन्छन् । संसारमा सबथोक पैसाले किन्न सकिन्छ तर आमाबाबुु किन्न सकिँदैन । आमा बाबुुको माया कसैबाट पनि पाउन सकिँदैन । आमाको मायामा हुर्केका सन्तानहरू राम्रा शिक्षादीक्षा पाएर सुयोग्य र कर्तव्यपरायण हुन्छन् । यसैले मातृदेवो भव भनी आमालाई देवता सरह मान्ने हाम्रो संस्कार छ । अझ  ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भनी आमा र मातृभूमि स्वर्गभन्दा ठूलो मानिन्छ ।आफू जन्मेको जन्मस्थल र जन्म दिने पूज्य आमाको महिमा सदा सगरमाथाझैँ उच्च भइरहन्छ । आमाविहीन र आफ्नो मातृभूमि छोडी विदेशिएकालाई यसको अभावमा ठूलो अपशोच सहनुपरेको हुन्छ । यसैले आमाविहीन आफ्ना स्वदेश छोडेका मान्छेहरू सधैँ टुहुरो जस्तै हुन्छ । जस्तोसुकै धनाढय होस् आनन्द होस् आफ्नो देश, आफ्नी आमा प्राण भन्दा प्यारो भइरहेको हुन्छ ।

आमा विशाल शक्तिको मुहान हो । जस्तोसुकै उमेरका मान्छे होस् आमाको अगाडि उ बच्चा सरह नै हुन्छ । आमाको सधैँ याद गरेको हुन्छ । आमाको न्यानो मायाले ऊ प्रफुल्लित भइरहेको हुन्छ । कुनै कसैलाई आमा भए पनि नभए पनि कुनैबेला कहिँ आफ्ना गोडाको औंलामा ठेस मात्रै लागेमा पनि हाम्रो मुखबाट ऐय्या आमा’ भनी आमाको पुकार गरिहाल्छ । कुनै पनि समस्या आएमा आमालाई सम्झना गर्ने हुन्छ । यस्तै आमाले पनि आफ्ना छोराछारीलाई केही भयोकी भनी सदा चिन्ता लिइरहेको हुन्छ । यसैले आमाबाबु सन्तानका लागि महान् छन् ।जसका आमा बाबुहरू रहेका हुन्छन् उनीहरू भाग्यमानी छन् । ब्रम्हाति मातापितरौ मातापिताहरू ब्रहृमा देउता हुन् र सबैतिरबाट पूजनीय भएकाले आमाबाबुको मुख हेर्ने परम्परालाई आजसम्म पनि उत्तिकै श्रद्धाले मनाउँदै आएको छ । हुनत पाश्चात्य देशमा पनि फादर्स डे मर्दस डे भनेर आमा बाबुलाई सम्झेर मनाउने चलन छ । तर नेपालीहरू यी दिनहरूलाई आफ्नै विशेष धार्मिक परम्परा अनुसार श्रद्धाका साथ विभिन्न मनोरन्जनका साथ विधि पुर्‍याएर मनाउने गर्छन् । यस पुनीत दिनमा सबै नेपाली व्यस्त हुन्छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*