शिक्षक-विद्यार्थी प्रस्तावना लेखन तालिममा

मकवानपुरको बागमती र बकैयाका शिक्षक तथा विद्यार्थीलाई मर्सिकोरले दियो तालिम
यादव चौलागाई
२१ बैशाख २०७६, शनिबार ०९:३९

मकवानपुर। मकवानपुरको बकैया र बागमती गाउँपालिकाका शिक्षक तथा विद्यार्थीलाई प्रस्तावना लेखन सम्बन्धि तालिम दिइएको छ ।
दुवै गाउँपालिकाका शिक्षक तथा विद्यार्थीलाई मर्सिकोर नेपालले विद्यालय स्तरमा वालविवाह न्यूनिकरण, युवा शसक्तिकरण तथा विद्यालय स्तरिय खेल गतिविधी लगायतका कार्यक्रम गर्न सघाउ पुर्‍याउँन तालिम प्रदान गरिएको हो ।

मर्सिकोरले जेनेरेशन एमेजिङ् कार्यक्रम मार्फत युवा तथा बालिकाहरुको सशक्तिकरण गर्न फुटबलमार्फत बालवालिकाहरुमा रहेको अन्तरनिहित क्षमता, ज्ञान, सिप अभिवृद्दि गर्न कार्यक्रम गरिएको जनाइएको छ ।

तालिममा बकैयाका महेन्द्र मावि,बुद्ध मावि, जनक मावि,प्रभात मावि र कर्मप्राप्ती मावि बागमतीको जनता मावि, सूर्य मावि, बागमति मावि, देवकी माविका खेल शिक्षक तथा विद्यार्थीहरुको सहभागीता छ । मर्सिकोर नेपालको जेनेरेशन अमेजिङ कार्यक्रम संयोजक रविन्द्र कार्की ,चेतना पन्थी तथा हेमराज भट्टको विशेष उपस्थितीमा तालिम संचालित छ ।

तालिममा बकैयाका महेन्द्र मावि,बुद्ध मावि, जनक मावि,प्रभात मावि र कर्मप्राप्ती मावि बागमतीको जनता मावि, सूर्य मावि, बागमति मावि, देवकी माविका खेल शिक्षक तथा विद्यार्थीहरुको सहभागीता छ

गाउँ खेलकुद समन्वय समिति बकैयाको समन्वयमा शुक्रबारबाट संचालित तालिम आइतबारसम्म चल्नेछ । तालिममा सुशीलराज गिरीले सहजीकण गरिरहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*