परेन बन्दको प्रभाव

लोकखबर
२३ बैशाख २०७६, सोमबार ०८:३४

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको प्रभाव मकवानपुरमा परेको छैन । बन्द आव्हान गरिएपनि बन्दको विहानैबाट कुनै प्रभाव नपरेको मकवानपुर प्रहरीले जनाएको छ ।
बन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको हल्ला चलेपनि कुनै प्रभाव नपरेको हो । पूर्व पश्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिलोकपथ, हेटौंडा बजार क्षेत्र लगायतका सडकमा सवारी गुडिरहेका छन् । बन्दको बाहनामा कुनै अप्रिय घटना नहोस् भन्नका लागि विशेष सतर्कता अपनाइएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सागर राणाले बन्दको मकवानपुरमा कुनै प्रभाव नपरेको र कोही पनि त्रासमा पर्नुपर्ने कुनै कारण नरहेको बताए ।

बन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको हल्ला चलेपनि कुनै प्रभाव नपरेको हो । पूर्व पश्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिलोकपथ, हेटौंडा बजार क्षेत्र लगायतका सडकमा सवारी गुडिरहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*