लागूऔषध ओसार पसारमा संलग्न धमाधम पक्राउ

लोकखबर
८ जेष्ठ २०७६, बुधबार १६:२५

मकवानपुर । मकवानपुरमा पछिल्लो समय लागूऔषध गाँजा कारोबारमा संलग्न हुनेलाई प्रहरीले गाँजा सहित नियन्त्रणमा लिने कार्यले तिब्रता पाएको ।

गत चैत र वैशाख दुई महिनामा मकवानपुर प्रहरीले लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा ३६ जनालाई पक्राउ गरेको छ भने ७ सय ५६ किलो गाँजा बरामद गरेको छ ।

मकवानपुरको हेटौंडालाई लागूऔषधको ट्रान्जिट मानिएकोमा प्रहरीले बढाएको सक्रियताले पछिल्लो समयमा सफलता मिल्दै गएको हो । मकवानपुरका सडक भएर भारत निकासी गर्न लागिएको गाँजा प्रहरीले बरामद गर्दै आएको हो । भारतबाट विभिन्न नाका पार गर्दै सिरिन्ज प्रकारका लागूऔषध मकवानपुर भित्रने र मकवानपुरको सडक भएर गाँजा, चरेस लगायतका लागूऔषध भारत निकासी हुने गरेको छ ।
मकवानपुरको विभिन्न विकट क्षेत्रमा गाँजा खेती हुँदै आइरहेको छ ।

धादिङ, चितवन लगायत क्षेत्रबाट समेत मकवानपुरको हेटौंडा हुँदै लागूऔषध गाँजा ओसार पसार हुने गरेको हो । प्रहरीको सक्रियताका कारण गाँजासहित गाँजा कारोबारमा संलग्नलाई धमाधम पक्राउ गरी सार्वजनिक गर्ने कार्य भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*