गाउँमा किन बढ्दैछ गर्भपतन ?

लोकखबर
१० जेष्ठ २०७६, शुक्रबार २२:३३

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित स्वास्थ्य चौकीमा गत वर्षको श्रावणदेखि यस आर्थिक वर्षको बैशाखसम्ममा ४४ जना महिलाले सुरक्षित गर्भपतन गरेका छन् । सुरक्षित गर्भपतन गराउनेमा ३ जना २० वर्षभन्दा कम उमेरका र ४१ जना २० वर्षभन्दा माथिका उमेरका महिला रहेको स्वास्थ्यचौकीका ईञ्चार्ज फुलेश्वर पाण्डेले जानकारी दिए । राई गाउँ स्वास्थ्य चौकी सुरक्षित गर्भतन सेवाको ईजाजत प्राप्त सुचिकृत मकवानपुरका १५ स्वास्थ्य संस्थाहरु मध्येको एक हो
महिला, बालबालिका तथा वातावरण सुधार केन्द्र (ओचिन) मकवानपुरको आयोजना तथा आईपास नेपालको सहयोगमा बागमती गाउँपालिकाको राईगाउँमा अवस्थित ‘राई गाउँ स्वास्थ्य चौकी १,२,३’ मा गरिएको सर्वेक्षणमा सुरक्षित गर्भतन गराउने महिलाको संख्या बढेको पाइएको हो ।
गाउँमा अनिच्छा कारण गर्भ बस्न गएका महिलाले स्वास्थ्यचौकीबाट सुरक्षित रुपमा गर्त पतन सेवा लिएका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*