सर्भ परियोजनाको अनुगमन

लोकखबर
१४ जेष्ठ २०७६, मंगलवार २१:२४

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालित संकटासन्न घरधुरीका लागि भूकम्पीय पुनर्लाभ परियोजना (सर्भ) परियोजना अन्तर्गत सम्पन्न भएका कार्यको आज अनुगमन गरिएको छ ।

बालकल्याण समाज मकवानपुरले मर्सिकोर नेपालको सहयोगमा सञ्चालन गरिरहेको परियोजना अन्तर्गत भएका कार्यको भूकम्प पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरका प्रमुख विमलकिशोर केपीको उपस्थितीमा अनुगमन गरिएको हो । अनुगमनमा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा, समाजका सचिव ज्ञानेन्द्र बर्तौला, मर्सिकोर नेपालका बरिष्ठ परियोजना अधिकृत हेमराज भट्ट, परियोजना संयोजक रामप्रसाद दहाल लगायतको आतिथ्यता थियो ।

अनुगमनका क्रममा बकैया गाउँपालिकाको वडा नम्बर ३ हात्तिसुडेमा निर्माण भइरहेको कृषि उपज संकलन केन्द्र, खोला नियन्त्रणका लागि तटबन्ध, भूकम्पीय अनुदान प्राप्त गरेका लाभग्राही लगायतलाई गरिएको कामको अनुगमन गरिएको हो । अनुगमनका क्रममा परियोजना अन्तर्गत सम्पादन भएका कार्य प्रभावकारी भएको बताईएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*