रेल नयाँ लिकमा चढ्यो, पार्टी एकता अघि बढ्यो : नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल

लोकखबर
२१ जेष्ठ २०७६, मंगलवार १९:४३

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका अध्यक्ष मुनु सिग्देलले पार्टी एकतालाई एक ढिक्का बनाएर अघि बढिएको बताएकी छिन् ।

मकवानपुरको राक्सिराङ् गाउँपालिका वडा नम्बर ३ सरिखेतमा आयोजित अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रदेश ३ का सांसद समेत रहेकी सिग्देलले पार्टी एकताको कार्य वडातहसम्म लैजान लागिएको बताइन् ।

उनले रेल नयाँ लिकमा चढ्न थालेको र पार्टी पनि नयाँ तरिकाले अगाडी बढेको उनले बताइन् । नेकपाको अगुवा कार्यकर्ता भेलामा पार्टी एकतालाई बलियो गरी अघि बढाउन आवश्यक रहेकोमा जोड दिइयो ।

भेलामा नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामी, संविधानसभाका पूर्व सदस्य गोविन्दराम चेपाङ, राजाराम स्याङतान, नेकपाका नेताहरु लालबहादुर थापा लगायतले नेपालमा कम्युनिष्ट पार्टीले अब जनताको मन जित्ने बताए । भेलाले उत्तम लामाको संयोजकत्वमा २९ सदस्य नेकपाको नयाँ कमिटी पनि चयन गरेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*