प्रदेश ३ को राजधानी र नामबारे यस्तो छ चर्चा

लोकखबर
२७ जेष्ठ २०७६, सोमबार २२:३६

मकवानपुर । प्रदेश ३ को राजधानी तथा नामको विषयले यतिखेर चर्चा पाइरहेको छ ।

हेटौंडाबाट राजधानी सार्ने वा हेटौंडा कायम गर्ने भन्ने विषयमा सांसदहरुका बिचमा चर्चा भइरहेको बेला नामको विषयले पनि स्थान पाएको छ ।
प्रदेशसभामा दर्ता भएका नाम तीनवटा छन् । गौरीशंकर, नेवा–ताम्सालिङ र नेपाल मण्डल राख्नुपर्ने भन्दै प्रदेशसभामा छुट्टाछुट्टै प्रस्ताव दर्ता भएका हुन् ।

प्रदेशसभा गठन भएको करिब डेढ वर्षमा पनि राजधानी तथा नामकरणको सवाल टुङ्गिको छैन ।

प्रदेश ३ को नाम विभिन्न राख्नुपर्ने चर्चा भइरहेको बेलामा प्रदेश सांसदका विचमा पशुपति,वाग्मती,राजधानी,गोसाईंकुण्ड तथा मध्यप्रदेश नामका विषयमा छलफल भएको बुझिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*