लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन, अब के हुन्छ ?

लोकखबर
२८ जेष्ठ २०७६, मंगलवार ०७:१४

मकवानपुर । लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न निर्देशन भएपछि लोकसेवा तयारीमा बसेका अन्यौलमा परेका छन् । मुलुकमा धेरै संख्यामा एकैपटक लोकसेवामा जनशक्ति माग भएको भन्दै उत्साहित भएका अन्यौलमा परेका हुन् ।
संसदीय समितिले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि आयोगले खुलाएको विज्ञापन रद्ध गर्न निर्देशन दिएको हो ।

संविधानको भावना र मर्मअनुसार सो विज्ञापन नभएकाले समितिले त्यसलाई तत्काल रद्ध गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई निर्देशन दिइएको हो ।

समितिले स्थानीय तहको आवश्यकताअनुसार स्थायी पदपूर्ति नभएसम्मका लागि निश्चित मापदण्डको आधारमा कर्मचारीहरु करारमा नियुक्ति गर्न पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएकोे जनाइएको छ ।
आयोगले जेठ १५ गते आयोगले विज्ञापन खुलाएको थियो । विज्ञापनको विषयलाई लिएर मकवानपुरको हेटौंडा लगायतमा विरोध प्रदर्शन भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*