प्रदेश ३ प्रदेश समन्वय परिषदको दोस्रो बैठक

स्थानीय तहप्रति मुख्यमन्त्री पौडेलको यस्तो धारणा

लोकखबर
२९ जेष्ठ २०७६, बुधबार १७:३२

मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहलाई बलियो बनाउँन आफूहरु लागिपरेको बताएका छन् । प्रदेश सरकार स्थानीय तहलाई कमजोर बन्न नदिनका लागि तयार रहेको बताउँदै आफू नै राजा हुँ भन्ने व्यवहार हटाउँन आग्रह गरेका छन् ।

प्रदेश ३ को प्रदेश समन्वय परिषदको दोस्रो बैठकमा मुख्यमन्त्री पौडेलले स्थानीय तहलाई बलियो बनाउँनका लागि आफ्नो योगदान गरहेको बताए।

प्रदेश सरकारले अघि सारेको योजना स्थानीय सरकारले रोक्न खोजेको पनि मुख्यमन्त्री पौडेलले गुनासो गरे । प्रदेश तहबाट गएका रकमलाई काम गर्न नदिनेसम्मका व्यवहार स्थानीय तहबाट भएकोप्रति उनले दुःखेसो पोखे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*