हेटौंडामा अन्तरविद्यालय स्तरिय स्थलगत कविता लेखन तथा बाल साहित्य बहस

जी न्यौपाने
२१ असार २०७६, शनिबार १७:२४

मकवानपुर । मकवानपुरको हेटौंडामा २०६ औं भानुजयन्ती विशेष दोस्रो जिल्ला स्तरिय अन्तर विद्यालय स्थलगत कविता लेखन प्रतियोगिता २०७६ भएको छ ।

प्रतियोगिताका सहभागी तथा निर्णायक

प्रतियोगितामा मकवानपुरका नीजि तथा सामुदायिक गरी १८ वटा विद्यालयका विद्यार्थीले भाग लिएका थिए । जसमा ८ वटा विद्यालयका ८ जना उत्कृष्ट छानिए ।

कविता प्रतियोगिताका उत्कृष्ट सहभागी

प्रतिष्पर्धामा जीएस निकेतनका यारिका कार्की, बाल उज्ज्वल माविका सानुमाया थिङ र भानु माविका सुशान्त दहाल उत्कृष्ट    भए ।
नवोदय शिशु सदन माविले आयोजना गरेको प्रतियोगितामा पत्रकार एवम् कवि गिरिजा अधिकारी र कवि एस लामा निर्णायक थिए ।
कार्यक्रममा बाल साहित्यका विषयमा बहस समेत गरिएको कार्यक्रम संयोजक सीएम रिमालले जानकारी दिए । बहसमा कवि छवि अनित्यले बहस गरे । बहसमा नवोदय शिशु सदनका राधाकुमारी महतो, मकवानपुर बाल विद्या सदनकी स्मिति गिरी,चन्द्रोदय माविका प्रतिमा पौडेल, जीएस निकेतनका निश्चल गौतम, आधुनिक राष्ट्रिय माविका राजकिरण शाह, बाल उज्ज्वल माविकी आशिका जमकट्टेलले भाग लिए ।
कार्यक्रममा झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम,आँचल साहित्य पुञ्चका अध्यक्ष अप्सरा तिमल्सिना, प्रलेश मकवानपुरका पूर्व अध्यक्ष पुरुषोत्तम आचार्य, स नवोदय शिसु सदनका शैक्षिक संयोजक अव्यक्त खनाल लगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*