काठमाडौंबाट मकवानपुरमा गाभिएको इपापंचकन्या गाउँको यस्तो कथा !
मकवानपुर जिल्लाको दश वटा स्थानीय तह मध्ये एउटा स्थानीय तह हो भीमफेदी गाउँपालिका । पृष्ठभूमीले पनि यत्तिक्कै परिचित भीमफेदी गाउँपालिका मकवानपुर जिल्लाको पूरानो सदरमुकामका रुपमा पनि परिचित छ । पहिला पहिलाका मानिसहरु नुवाकोट, काठमाडौं, धादिङ लगायतका ठाउँबाट नुन किन्नका लागि भीमफेदी आउँने गर्दथे । जहाँ भीमफेदीमा नुन पाइन्थ्यो ।
अहिले तामाङ, मगर र क्षेत्री जातिको उच्चतम बसोबास रहेको यो गाउँपालिकामा चार वटा विद्युत गृह रहेका छन् । जसमा कुलेखानी पहिलो, दोस्रो र तेस्रो साविक इपापञ्चकन्या गाविसमा रहेको मान्डु हाइड्रो पावर छन् । राष्ट्रिय गणना वि.सं.२०६८ अनुसार कुल जनसङ्ख्या २४ हजार ९ सय ६० भएको यस गाउँपालिकामा महिला ४८.८१ प्रतिशत, पुरुष ५१.१९ प्रतिशत छन् । जस अन्तर्गत साक्षरता ६८.८ प्रतिशत रहेको छ । त्रिभुवन राजपथ र काठमाडौं उपयत्यका प्रवेशका लागि वैकल्पिक मार्ग यही पालिकामा पर्दछ ।
भीमफेदी गाउँपालिकामा पर्ने साविक इपापञ्चकन्यामा कान्तिलोकपथ र द्रुतमार्ग(फास्टट्रयाक) यसै गाउँपालिकामा पदर्छ । चिसापानीगढी, कालितोप, हात्तिसार र बटुकभैरवजस्ता ऐतिहासिक पर्यटकीय स्थलहरु यही पालिकामा पर्दछ । यस गाउँपालिकाले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र पूर्वतर्फ ललिलपुर जिल्लालाई छुन्छ । भीमफेदी गाउँपालिकाको ९ वटा वडामध्येको वडा नम्बर ८ जुन साविक इपापञ्चकन्या गाविस हो । साविकको ९ वर्ट वडा समेटेर बनाइएको छ ।
भीमफेदी ८, इपापञ्चकन्याको परिचय :
भीमफेदी गाउँपालिकाको पूर्वतर्फ ललितपुरसंग जोडिएको यस इपापञ्चकन्या गाउँ क्षेत्री र तामाङ जातिको बाहुल्यता रहेको गाउँ मकवानपुर जिल्ला सदरमुकामबाट ४५ किलो मिटर पूर्व र नेपालको संघीय राजधानी काठमाडौंबाट पनि ४५ किलोमिटर दक्षिण दुरीमा अवस्थित इपापञ्चकन्या हेराईको दृष्टिकोणले अति विकट ठाउँ हो । दुरीको हिसाबले सदरमुकाम र राजधानीसंग नजिक रहेपनि विकासका हिसाबले पछाडी परेको गाउँमा वि.सं.२०६८ को जनगणना अनुसार २४९७ कुल जनसङ्ख्या रहेको गाउँमा १२५६ महिला र १२४१ पुरुष रहेका छन् ।
साविक इपापञ्चकन्या गाविसको वडा नम्बर १ देखि ९ सम्म जम्मा घरधुरी सङ्ख्या ४५९ रहेको छ । (वि.सं.को २०६८, जन गणना अनुसार) धामिर्क हिसाबले इपा गाउँमा पञ्चकन्याको मन्दिर इपाकै साविक वडा नम्बर २ को महादेवटारमा नटरम्भेश्वर मन्दिर जुन डब्लु डाँडाको नाममा परिचित छ । यसैगरी तामाङ जातिको बाहुल्यता भएको गाउँमा धेरै गुम्बा छन् ।
पहिले काठमाडौं जिल्लामा रहेको यस गाविस विकासको हिसाबले पछाडी परेपछि मकवानपुर जिल्लामा गाभेको पाइन्छ । सबैभन्दा बढी कृषि पेशामा आधारित इपाका मानिस मावि तहसम्मको शिक्षा लिन पनि घर छाड्नुपर्ने बाध्यता छ । साविक वडा नम्बर १, गँगटेका विद्यार्थीहरु मावि तह शिक्षाका लागि बकैया गाउँपालिका वडा नम्बर १२, ठिङ्गन जान्छन् भने साविक वडा नम्बर २ र ३ महादेवटार र स्वाँराका विद्यार्थीहरु ललितपुरको माल्टा र प्युटार गएर मावि शिक्षा पूरा गर्छन् भने साविक वडा नम्बर ४ र ५ धार्के, महभीर र स्वाराका केही विद्यार्थी इपाको पञ्चकन्या माविमा आएर मावि तहको शिक्षा पूरा गर्छन् ।
पहिले काठमाडौं जिल्लामा रहेको यस गाविस विकासको हिसाबले पछाडी परेपछि मकवानपुर जिल्लामा गाभेको पाइन्छ । सबैभन्दा बढी कृषि पेशामा आधारित इपाका मानिस मावि तहसम्मको शिक्षा लिन पनि घर छाड्नुपर्ने बाध्यता छ । साविक वडा नम्बर १, गँगटेका विद्यार्थीहरु मावि तह शिक्षाका लागि बकैया गाउँपालिका वडा नम्बर १२, ठिङ्गन जान्छन् भने साविक वडा नम्बर २ र ३ महादेवटार र स्वाँराका विद्यार्थीहरु ललितपुरको माल्टा र प्युटार गएर मावि शिक्षा पूरा गर्छन् भने साविक वडा नम्बर ४ र ५ धार्के, महभीर र स्वाराका केही विद्यार्थी इपाको पञ्चकन्या माविमा आएर मावि तहको शिक्षा पूरा गर्छन् । उच्च शिक्षा लिनका लागि काठमाडौं की हेटौंडा आउँनैपर्ने बाध्यता छ । आठ वटा प्रावि र एक वटा मावि रहेको इपापञ्चकन्यामा एउटा स्वास्थ्यचौकी छ । स्वास्थ्यक्षेत्रमा खासै राम्रो सुविधा यहाँ पाइदैन । मानिसलाई रोगलागेपछि काठमाडौं वा हेटौंडा जानुपर्ने बाध्यता छ ।
आर्थिक रुपमा पनि इपा त्यति राम्रो छैन । जहाँ कृषि पेशामा आधारित मान्छेको बसोबास रहेको गाउँ कृषि उपज सामान बजार पु¥याउँन त्यतिकै समस्या छ । अझ पहिले पहिले त नुन तेल र आवश्यक घरायसी सामान लिन हिडेर भीमफेदीसम्म पुग्नुपथ्र्यो । उता काठमाडौंको दक्षिणकाली, फर्पिङ्सम्म टाउकोमा भारी बोकेर धान, गहुँ, मकै र अन्य सामानहरु बेच्न लैजानु पथ्र्यो । अहिले पछिल्लो समय भने केही परिवर्तन भएको यो गाउँमा काठमाडौं देखि इपा र हेटौंडादेखि इपा अहिले जन प्रतिनिधी निर्वाचित भएसंगै सार्वजनिक भाडाका बस सञ्चालनमा आएका छन् । हिउँदमा यी सार्वजनिक सवारीबाट सर्वसाधारणलाई हेटौंडासम्म आउँनका लागि सजिलो भएपनि वर्षायाममा बाढी पहिरोका कारण सडक अवरुद्घ हुँदा यात्रुलाई हिड्नुपर्ने बाध्यता छ । कान्तिलोकपथ, फास्टट्रयाकसंग जोडिएको यो गाउँमा बागमतीको पानीबाट २२ मेगावाटको विद्युत उत्पादन सुरु भएको छ । विद्युतमा इपाको सबै घरबाट शेयर लगानी गरी विद्युत उत्पादन गरिएको छ । धार्मिक हिसाबले खासै परिचित नभएपनि यस गाउँमा रहेका पञ्चकन्याको मन्दिरमा पत्येक वर्षको श्रीपञ्चमीका दिन राती जागराम बसी एउटा मेलाका रुपमा मनाइने चलन छ । यस्तै नटरम्भेश्वर मन्दिर डब्लु डाँडामा प्रत्येक नयाँ वर्षका दिन र माघे संक्रान्तिका दिन लाग्ने मेलामा राती जागराम बस्ने चलन छ । मेलामा सबै जातजाति तथा धर्मावलम्बीको उपस्थिती रहन्छ । मन्थली,ठिङ्गन, बुढिचौर, कोगटे, सिस्नेरी र ललितपुरको घुसेल, माल्टाको सिमानामा अवस्थित बागमती नदीसंगै रहेको इपापञ्चकन्या शिक्षा, स्वास्थ्य, रोजगारीमा खासै प्रगति भएको पाइँदैन । खानीको प्रचुर सम्भावना बोकेको इपापञ्कन्यामा प्रसस्त नदीनाला छन् ।
मकै, गहुँ, कोदो, फापर र धान विशेष अन्नबालीका रुपमा उत्पादन हुन्छ । गाइ,भैसी र बाख्रा पालेर मासु र दुध अरुको भर पर्न नपर्ने इपापञ्चकन्या आफ्नै बारीमा तरकारी उत्पादन गरेर केही तरकारी, दुध, घिउ र खसी,बोका बजारमा बेचेर जिविकोपार्जन गरेको छ । कोगटे खोलाको पानीलाई एक ठाउँमा जम्मा गरेर भीमफेदी गाउँपालिकाको लगानीमा प्राकृतिक पौडी पोखरीका रुपमा विकास गरेर वार्षिक साँढे ४ लाख भन्दा बढी रकम आम्दानी गरेको पाइन्छ । पौडीपोखरीको कोगटे खोला दोभानमा छ । यहाँ काठमाडौं लगायत टाढा टाढाबाट मानिसहरु पौडी खेल्न आउँने गरेका छन् । पछिल्लो समय जन प्रतिनिधी निर्वाचित भएसंगै इपापञ्चकन्याको सबै घरमा बिजुली बत्ति पुगेको छ । मोटरबाटो पनि गाउँगाउँ र टोलटोलमा पुग्ने अवस्थामा छ । टुकी बत्तिको भरमा जिन्दगी गुजारा गरेका इपाका मानिसहरु बिजुली बत्ति पुगेपछि दङ्ग त छदैछन् गाउँलाई अझ परिवर्तन गर्नुपर्छ भनेर लागिपरेको पाइन्छ ।
Well said