बर्षा अपडेट :

अविरल वर्षापछि यस्तो छ मकवानपुरको अवस्था

तीन जनाको मृत्यु, जोखिम बस्तीबाट उद्दार, हेटौंडा-काठमाडौं आवात जावत समस्या, विद्युत अवरुद्द हुँदा मोबाइल अफ
लोकखबर
२९ असार २०७६, आईतवार ०९:२७

मकवानपुर । अविरल वर्षाका कारण मकवानपुरमा तीन जीन जनाको मृत्यु भएको छ भने हेटौंडा लगायत मकवानपुरको विभिन्न ठाउँको मानिसको जन जीवन प्रभावित पारेको छ । वर्षाका कारण मानिसको बासस्थान बाढी तथा पहिरोको जोखिममा छ । जिल्लाको विभिन्न क्षेत्रमा सडक अवरुद्द बनेका छन् । बर्षासंगैको हावाहुरीका कारण बिजुली अवरुद्द हुँदा टेलिफोन सम्पर्क समेत विच्छेद भएको छ । शनिबार रोकिएको पानी आइतबार विहानै फेरी परेको छ । पानी रोकिने र आउँने गरेका कारण मकवानपुरका विभिन्न क्षेत्रका सर्वसाधारणको दैनिक जीवन प्रभावित बनेको छ ।

इन्द्र सरोवरमा पहिरोमा पुरिँदा किशोरीको मृत्यु  
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ का १४ वर्षिय किशोरी सृष्टि डिम्डुङको पहिरोमा परिएर मृत्यु भयो । शुक्रबार साँझ बाटोमा आएको भल कटाइरहँदा माथिबाट पहिरो खसेर उनलाई पुरेको हो । निरन्तर पानी परेका कारण बेलुका उनको उद्दार गर्न नसकिएपछि फाखेल प्रहरी टोलीको सहयोगमा विहानमात्र पहिरो पन्छाएर किशोरीको शव निकालिएको थियो ।

कैलाश र थाहामा खोलाले बगाउँदा मृत्यु 
शुक्रबार मकवानपुरको कैलाश गाउँपालिका र थाहा नगरमा खोलाले बगाएर दुई जनाको मृत्यु भयो । खोलाले बगाएर कैलाश गाउँपालिका वडा नम्बर १० नामटारका ५५ वर्षिय सानुकान्छा सुनारको मृत्यु भयो ।
यस्तै, थाहा नगरपालिका वडा नम्बर ३ मा महाभिर खोलाले बगाउँदा बालिका सञ्चनम बलामीको मृत्यु भयो ।

हेटौंडा र भीमफेदीमा जोखिम बढेपछि उद्दार
निरन्तर वर्षाका कारण बस्ती बाढी पहिरोको जोखिममा बासस्थान परेपछि हेटौंडा ५, शान्तिनगर र भीफेदी गाउँपालिका वडा नम्बर ५ माथिल्लो दमारमा पहिरोको जोखिममा परेकालाई उद्दार गरी सुरक्षित स्थानमा सारिएको थियो ।

हेटौंडा-काठमाडौं सडक अवरुद्द
वर्षाका कारण हेटौंडाबाट कुलेखानी फाखेल हुँदै काठमाडौसम्म जानका लागि सडक अवरुद्द भएको छ । सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्द बनेको हो ।
मकवानपुरका प्रहरी उपरिक्षक एसपी मुकेशकुमार सिंहका अनुसार सडक खण्डका विभिन्न भागमा पहिरोको जोखिम रहेकाले तत्कालका हेटौंडा काठमाडौंको यात्रा जोखिम हुनेछ ।
अहले त्रिभुवन राजपथको हेटौंडाबाट दामन पालुङ हुँदै काठमाडौ जानका लागि भने समस्या नभएको प्रहरीले जनाएको छ ।

ग्रामीण क्षेत्रमा जाने सवारी रोकिए
मकवानपुरको विभिन्न गाउँबाट हेटौंडा आवत जावत गर्ने सवारी वर्षाका कारण रोकिएका छन् । पूर्वि मकवानपुरको राइगाउँ, फापरबारी, धियाल, छतिवन आवत जावत गर्ने सवारी धरान-चतरा सडकखण्ड अवरुद्द बनेका कारण रोकिएका छन् ।

विद्युत सेवा अवरुद्द, मोबाइल स्वीच अफ
मकवानपुरका विभिन्न ग्रामीण क्षेत्रमा बिजुली अवरुद्द भएको छ । वर्षासंगै हावाहुरीका कारण विभिन्न ठाउँमा बिजुलीको पोल ढल्दा बिजुली सेवा अवरुद्द भएको र मोबाइल समेत स्वीच अफ भएको छ । मोबाइल भएपछि संचारमा समस्या भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*