कुलेखानीमा ड्याम खोल्नु परेन, खतराभन्दा ७५ सेन्टीमिटर कम पानी

लोकखबर
३० असार २०७६, सोमबार १५:५०

मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाँउपालिकास्थित मानवनिर्मित कुलेखानी जलाशयमा पानीको सतह बढेकाले खतरा रहेको भन्दै ड्याम खोल्ने भनिएपनि आज पानी नपरेकाले खोलिएको छैन ।

वि.सं.२०५० साल पछि यो पटक पानीको सतह अत्यधिक बढेकाले ड्याम खोल्ने निर्णय भएको थियो । जलाशयमा पानीको सतह बढेकोले खतरा हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जलाशयको ढोका खोल्न निर्देशन दिएको थियो ।

बाँधमा पानीको सतह १५ सय २७ घनमिटर पुग्यो भने खतरा मानिन्छ । तर, अहिले खतराभन्दा ७५ सेन्टीमिटर कम पानी रहेको बताइएको छ ।
यदि, पानीको बहाव बढेर खतराको सूचकमा पुगे बाँधका केही ढोकामात्र खोलिने जनाईएको छ ।

वर्षा नभएकाले खतरा नहुने भएकाले ड्याम नखोलिएको मकवानपुर प्रहरीले जनाएको छ । ड्याम नखोलेर ‘इलेक्ट्रीक प्रोडक्सन’ मार्फत पानीको सतह घटाइने जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*