गजल
हिजोअस्ति सडकमा जाँदा पनि हामी सँगै थियौँ
मीठो नमिठो जस्तो खाँदा पनि हामी सँगै थियौँ ।
आज अलिकति जिन्दगी माथि जाँदैमा के हुन्छ
समयले सप्पै ऐश्वर्य लाँदा पनि हामी सँगै थियौँ ।
कहिले घाम कहिले छाया यही त रहेछ जिन्दगी
शत्रुले त्यसरी तीर हान्दा पनि हामी सँगै थियौँ ।
कहिलेकाहीँ सानो कुराले पनि मन काटिँदो रहेछ
डरलाग्दो बाढीले बगाउँदा पनि हामी सँगै थियौँ ।
जेजे आइलागोस् तर छुट्टिने कुरा नगर ल सानू ?
जिन्दगी अत्यासलाग्दो हुँदा पनि हामी सँगै थियौं ।
मकवानपुरका श्रष्टा चौलागाईका सिर्जना www.rrchaulagain.comमा पढ्न सकिन्छ ।