मकवानपुरका व्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लोकखबर
२ श्रावण २०७६, बिहीबार १७:५३

मकवानपुर । उद्योग व्यवसायलाई कर लगाउन सरकारले साउन १ गतेबाट लागू हुने गरी जारी गरेको विभिन्न नीति व्यवहारिक रुपमा कठिनाई रहेको भन्दैे मकवानपुरका व्यवसायीले असन्तुष्टि जनाएका छन् ।

सरकारले कर लगाउँन ल्याएको विभिन्न नीति तथा करका कारण आफूहरुलाई व्यवसाय गर्न असहज हुने उनीहरुको गुनासो छ । उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटवालको नेतृत्वमा गएको टोलीले अस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।
सरकारले जारी गरेको उद्योग व्यवसायसँग सम्बन्धित आर्थिक नीति, सामाजिक सुरक्षा योजना, भ्याटमा जानुपर्ने अनिवार्यता, भिसिटिएस र अन्य करको विषयमा व्यवसायीको असन्तुष्टि छ ।

संघका अध्यक्ष कटुवालले यातायात व्यवसायी, निर्माण व्यवसायी लगायत अन्य व्यवसायी सम्बन्धित नियम कार्यान्वयनको सन्र्दभमा व्यहारिक कठिनाईहरु देखिएकोले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको बताए । उद्योग वाणिज्य संघका कार्यसमितिका पदाधिकारी, नारायणी यातायात संघका अध्यक्ष हिरालाल श्रेष्ठ, विभिन्न वस्तुगत संघका अध्यक्षहरु लगायतको ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागिता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*