उपचारका लागि दाताको खोजीमा रुपा

लोकखबर
२ श्रावण २०७६, बिहीबार २०:५०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी नगर कार्यपालिका सदस्य रुपा खुलाल विगत दुई वर्षदेखि स्तन क्यान्सरबाट पीडित छिन् । खुलाल सामाजिक अभियानमा उत्तिक्कै सक्रिय छिन् । कार्यपालिका सदस्यको भूमिकामा समाजमा अग्रसर खुलाल आफैं थला समस्यामा पर्दा अरुको सहायता चाहिएको छ ।

विगत दुईवर्षदेखि उपचारका क्रममा करिब १५ लाख रुपैया भन्दा बढी खर्च भइसकेको छ । जीवनमा बाँच्न पाए विभिन्न सामाजिक अभियानमा सक्रिय हुन पाउँथे भन्ने बताउँने रुपालाई उपचारका लागि सहयोग गर्ने क्रम बढ्दै पनि छ । हेटौंडा उपमहानगरपालिकाले पाँच लाख रुपिया आर्थिक सहयोग गरेको छ । सबैको सहयोग पाएमा बाँच्न सक्ने थिए भन्दै उनले सहयोगको अपेक्षा राखेकी छिन् ।

उनको अपेक्षामा केही मनकारीले सकेको सहयोग गर्दै आइरहेका छन् । विहीबार नेपाली काङ्ग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली र हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँले उनको उपचारका लागि आर्थिक सहयोग गरे ।
खुलालको निवासमा पुगेका पराजुलीले नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरे भने वडा अध्यक्ष बानियाँले आफूले पाउँने तलबको एक महिनाको पारिश्रमिक सहयोग गर्ने वचन दिए ।

स्तन क्यान्सर उपचारका लागि दाताको खोजी भई रहेका बेला सकेको सहयोग गर्नेहरु घरमै आएर सहयोग गर्दा आफूलाई खुशी लागेको रुपाले बताइन् । ‘जीवनमा अरुका लागि पनि सेवा गरियो । ’ उनले भनिन्, ‘आज आफू समस्यामा पर्दा सहयोग माग्नु परेको छ । ’

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*