हेटौंडा-कुलेखानी हुदै काठमाडौं जाने बाटो खुल्यो

लोकखबर
५ श्रावण २०७६, आईतवार १४:३१

मकवानपुर । अविरल वर्षाका कारण अवरुद्ध बनेको हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक आजबाट खुलेको छ । अरुद्द सडिक खुलेसंगै सवारी साधन सञ्चालनमा आएका छन् ।

इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाइएको हो ।

दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो खुलेको हो । सडक अवरुद्द हुँदा छोटो मार्ग हुदै हेटौंडा काठमाडौं गर्ने यात्रु प्रभावित बनेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*