सांसद दम्पति जनताको दुःख बुझ्न गाउँमा

सांसद विरोध खतिवडा समक्ष गाउँका नागरिकले पोखे यस्तो दुःखेसो

लोकखबर
७ श्रावण २०७६, मंगलवार २१:०१

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका स्थानीय नागरिकले सांसद विरोध खतिवडा समक्ष विपदका कारण आफूले भोग्नु परेको पीडा पोखेका छन् ।

आज सांसद दम्पती खतिवडा र मुनु सिग्देलले मकवानपुरगढी गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।

सांसद दम्पति समक्ष स्थानीयले बर्षाका बेलाको विपद तथा शिवम् सिमेन्टका कारण आफूहरु प्रभावित बनिरहेको बताएका थिए ।
गाउँपालिकाको वडा नं ३ को धमिले फाँट, वडा नं ५ को भालुखोला, वडा नम्बर ६ को डुम्रेकुना, झल्ला लगायतका बाढी प्रभावित क्षेत्रमा अवलोकन गरिएको थियो ।

गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले बाढी प्रभावित क्षेत्रमा बस्ती संरक्षण मुख्य समस्या भएको बताए । अनुगमनपछि सांसद खतिवडाले बस्ती संरक्षणको लागि बजेट व्यवस्था गर्ने बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*