हेटौंडाको माछा पोखरीमा गोही पसेपछि स्थानीय तनावमा
मकवानपुर । मकवानपुरको हेटौंडाको माछा पोखरीमा गोही पसेपछि स्थानीय तनावमा छन् । हेटौँडा ५ स्थित मत्स्य विकास केन्द्रको पोखरीमा मंगलबार दिउशो मगर गोही फेला परेको थियो ।
गोही भेटिएपछि जिल्ला वन कार्यालय मकवानपुरको टोलीले समातेर चितवन पठाउन खोज्दा फुत्किएर पुन ः पोखरीमै पसेपछि स्थानीयलाई तनाव भएको हो । मगर गोही पोखरीमा पसेकाले गोही बाहिर निस्केर आक्रमण गर्ने डरमा स्थानीयबासी छन् । गोहीले आक्रमण गर्न सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिइएको छ ।
गोही पोखरीमा कहाँबाट कसरी आइपुग्यो भन्नेमा स्थानीय अचम्मित बनेका छन् । मगर गोही तालतलैया, घोल, सिमसार ठाउँमा बस्ने गर्दछ ।