कविता
तिमी
मेरा यी आखाले सधैं
तिमीलाइ खोज्छ
मेरा यी भाकाहरुले
तिमीलाई बोलाउँछ
खै किन हो किन
यी छायाले पनि
तिमीलाइ पछ्याए झै लाग्छ
म निशब्द भई बस्छु जब
अनि तिम्रै तरेलीभित्र हराएझैं लाग्छ
को हौ तिमी ?
आखिर कहाँ छौ तिमी ?
न कुनै दिन भेटेकै छु,
न देखेकै छु,
र पनि मेरो बचपनमा
संगै खेल्ने सहेली झै लाग्छ तिमी
तिमी नै मेरो वेदना पोख्ने
मझेरी झै लाग्छ
बोले पुग्छ तिमी
अरु केही आश लाग्दैन
असल साथीको चौतारीमा
तिमी बाहेक कोही खास लाग्दैन
हो, यसैलाइ भन्छन होला
हितैसी मित्र तिमी
इन्टरनेटले जोडिएको सम्बन्धमा
यो म भित्र बसेको केवल तिमी
तिमी मात्र तिमी
साथीको नातामा तिमी