अपराध

मकवानपुरमा गाँजा तस्करीको यस्तो तरिका !

लोकखबर
२० श्रावण २०७६, सोमबार २२:०९

मकवानपुर । मकवानपुरको हेटौंडालाई लागूऔष ओसार पसारको ट्रान्जिट प्वाइन्टका रुपमा लिइन्छ । जिल्लाका विभिन्न विकट क्षेत्रमा गाँजा खेती हुदै आइरहेको छ भने मकवानपुर हुँदै गाँजा तस्करी भइरहेका छ । मकवानपुर प्रहरीले दैनिक जसो गाँजा सहित तस्कर, भरिया नियन्त्रणमा लिएको पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै आइरहेको पनि छ । अपराध नियन्त्रणमा प्रहरी दिलोज्यान दिएर लागिपर्ने गरेकै कारण केही हदसम्म सफलता मिलिरहेको पनि पाइन्छ । मकवानपुरमा प्रहरीको मुख्य चुनौती नै अवैध लागूऔष बनिरहेको पाइन्छ । यो कार्यमा एक प्रकारको सफलता मिलिरहेकै मान्न सकिन्छ,दैनिक जसो प्रहरीको पत्रकार सम्मेलन । तर तस्करले तस्कारीको नयाँ नयाँ तरिका अपनाउँदा प्रहरीलाई पनि अपराधी चिन्न गाह्रो भइरहेको छ । मकवानपुरको हेटौंडामा गाँजा तस्करीका लागि यस्तै नयाँ तरिका अपनाइएको छ-अटोमा गाँजा तस्करी ।

विगतमा तस्करीका अनेक तरिकाका कारण प्रहरीलाई गाँजा तस्कर भइरहेको हो कि भीआइपीको सवारी भन्ने छुट्टाउँन कठिन पथ्र्यो । भारतीय नम्बरप्लेटको भीआइपी चढ्ने गाडी, प्रहरीले पनि केरकार गर्ने कुरा भएन । तर त्यहाँ भीआइपीको भेषमा गाँजा ओसार पसार भइरहेको कुरा पछि मात्र खुल्थ्यो । यस पटक पनि मकवानपुरमा गाँजा तस्करले तस्करीका लागि अपनाइएको यस्तै तरिका बाहिरियो । हेटौंडा बजारमा पाइने अटोको प्रयोग गरेर गाँजा निकासी गर्ने गरेको पाइएपछि अटोमाथि प्रहरीले विशेष निगरानी बढाउँने भएको छ ।

मकवानपुर प्रहरीले हेटौंडाबाट ना १ ह ९७६४ नम्बरको अटोलाई गाँजा तस्करीमा प्रयोग गरिएको भन्दै नियन्त्रणमा लियो । तस्करीमा संलग्न भएको भन्दै मनहरी गाउँपालिका वडा नम्बर ८ का जीवन मोक्तान, पर्साको वीरगञ्ज उपमहानगरपालिका १० का राजेश पटेल र मुन्ना अन्सारीलाई पक्राउ गर्‍यो । उनीहरुले १४ किलो ९ सय ग्राम गाँजा अटोमा लिएर हिडीरहेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । अटोमा गाँजा ओसार पसारको काम भइरहेको छ भन्ने प्रहरीले सूचना पाएको थियो । मकवानपुर प्रहरीका उपरिक्षक मुकेशकुमार सिंहले अपराध गर्नेहरु एक कदम हुन खोजेपनि आफूहरुले पक्राउ गरेरै छाड्ने बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*