वनदेवी टोल विकासको नेतृत्व केशवप्रसाद घिमीरेलाई

लोकखबर
२५ श्रावण २०७६, शनिबार १२:०७

मकवानपुर। हेटौंडा ५ पिप्लेमा गठित वनदेवी टोल विकास संस्थाको नेतृत्व केशवप्रसाद घिमीरेले लिएका छन् ।  संस्थाको आज भएको पहिलो साधारणसभाबाट आगामी दुई वर्षे कार्यकालका लागि घिमीरेको नेतृत्वमा एघार सदस्यीय कार्य समिति सर्व सम्मत चयन गरिएको हो । संस्थाको उपाध्यक्ष रामप्रसाद पुडासैनी, सचिव रामकृष्ण पुडासैनी शर्मा, कोषाध्यक्ष शिला चौधरी रहेका छन् । सदस्यहरुमा रामहरी पौडेल, चण्डिका दाहाल,चन्दा धिताल, केशव चौलागाईं, चिन्तामणि फुयाल, रत्नहरि अधिकारी र प्रभा बानिया रहेका छन् ।

टोल विकास संस्थाको प्रथम साधारणसभामा मन्तव्य व्यक्त गर्दै हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानिया ।

वनदेवी मन्दिर परिसरमा भएको साधारणसबाट गठित टोल विकास कार्य समितिलाई टोलको विकासका लागि पारदर्शी रुपमा लागिपर्न सुझाव पनि दिइएको छ । साधारणसभाका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाले टोलका विकृति विसङ्गति हटाउँन लागिपर्न सुझाव दिए । ‘अहिले समाजमा विभिन्न प्रकारका विकृति विसङ्गति छन् । त्यसलाई हटाउँन टोलमा मानिस लागिपर्नु पर्ने हुन्छ । ’ अध्यक्ष बानियाले भने । टोलको विकासका लागि वडा कार्यालयका तर्फबाट पनि सक्दो सहयोग गर्ने अध्यक्ष बानियाले भने । ‘टोलमा विभिन्न विकास आवश्यक छ ।’ अध्यक्ष बानियाले भने, ‘ मेरो कार्यकालमा वडाका सबै ठाउँमा सडक निर्माण गरिसक्ने योजना छ । ’ अध्यक्ष बानियाले नव गठित टोल विकास संस्थालाई अरुको आश गरेर बस्ने नभई टोलमा आफ्नै पहलमा गर्न सकिने काममा लागिपर्न सुझाव दिए ।

टोल विकास संस्थाको अध्यक्षमा सर्वसम्मत चयन भएपछि केशवप्रसाद घिमीरेलाई बधाईं दिदै सभाका अतिथी लगायत ।

हेटौंडा उपमहानगरपालिकाका समाजकल्याण शाखाका अधिकृत हिमप्रसाद पौडेलले टोल विकास संस्थाको काम टोलका समस्या समाधान तथा विकास गर्ने भएकाले आफ्नो जिम्मेवारी पूरा गर्न लाग्न सुझाव दिए ।

साधारणसभामा टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष देवीप्रसाद दाहाल, सचेत टोल विकास संस्थाका अध्यक्ष गावाकृष्ण घिमीरे, टोल विकास संस्था नगर समन्वय समिति महासचिव एवम् हेटौंडा ५ का वडा सदस्य ज्ञानु थापाले मन्तव्य व्यक्त गरेका थिए ।

साधाराणसभामा मन्तव्य व्यक्त गदै हेटौंडा उपमहानगरपालिकाका भीमप्रसाद पौडेल

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*