नेकपा हेटौंडा १५ द्वारा किरिया खर्च सहयोग

लोकखबर
३१ श्रावण २०७६, शुक्रबार २०:२५

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका १५ नम्बर कमिटीले आज शुक्रबार तिलकबहादुर गोलेको परिवारलाई दिवगंत भएकी उनकी श्रीमती अनिता गोलेको किरिया खर्चका लागि आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका गोलेको किरिया खर्च बापत १२ हजार ६ सय रुपिया आर्थिक सहयोग गरिएको हो ।
पार्टीका लागि योगदान पुर्‍याएका गोलेका लागि किरिया गर्न थप राहत पुगोस् भन्ने उद्देश्यले आफूहरुले सहयोग गरेको नेकपाका नेता सुनिल मोक्तानले जानकारी दिए । अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने पार्टी नीति अनुसार सहयोग गरिएको मोक्तानको भनाई छ । सहयोग हस्तान्तरणमा नेकपा मकवानपुरका जिल्ला सदस्य लीलाकुमार घलान, जनप्रतिनिधीहरु पातलीमाया गोंबा, कार्यपालिका सदस्य, पर्शबहादुर भुजेल, कुमारी श्रेष्ठ, मीनु विश्वकर्मा, दिपेश थिङ, युक्तलाल विश्वकर्मा लगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*